रास्वपा सभापति लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी

कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पुर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । शुक्रबार जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
पोखराको सूर्यदर्शन सहकारी ठगीमा उनको संलग्नता देखिएको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदन दिएको थियो ।
सोही प्रतिवेदनका आधारमा अनुसन्धान गर्न प्रहरीले लामिछाने विरुद्ध पक्राउ अनुमति मागेको हो ।
सहकारी हिनामिना प्रकरणमा मुछिएका उनलाई पक्राउ गर्न कास्की जिल्ला अदालतबाट प्रहरीले लामिछाने विरुद्ध पक्राउ पुर्जी लिएको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- २ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ३ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ४ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ५ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
- ६ मन्थली क्याम्पसकाे स्ववियु निर्वाचनकाे अन्तिम मतदाता नामावली प्रकाशन
- ७ रामेछापमा डेरी एसाेसिएसन गठन , अध्यक्षमा भानु
- ८ महिला दिवसमा मन्थलीमा विविध कार्यक्रम
प्रतिक्रिया दिनुहोस