• काेसिस न्यूज
  • विकासका लागि तीनै तहका सरकार एकजुट हुन आवश्यक : उपप्रधानमन्त्री खड्का


    काठमाडौँ- उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको विकासका लागि तीन तहका सरकार एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

    सुर्खेतको चिंगाड महोत्सव तथा खेलकुद कार्यक्रमको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले तीनवटै तहका सरकार मिलेर काम गर्न सके मात्र जनताले चाहे अनुसारको विकास सम्भव हुने बताएका हुन । “विकास निर्माणका कुन काम कुन तहको सरकारले गर्ने भन्ने तय भएमा सोहीअनुसार काम गर्न सहज हुन्छ”, उपप्रधानमन्त्री खड्काले भने “यसतर्फ बेलैमा सोच्ने र सोही अनुरुप नीति तय गरेर काम गर्न जरूरी छ ।”

    कार्यक्रममा उपप्रधानमन्त्री खड्काले संघीयताको पूर्ण कार्यान्वयन र संविधान प्रदत्त अधिकार स्थापित गर्नका लागि संघीय कानुन कार्यान्वयन अन्तिम चरणमा पुगेको बताए । उनले संसदको आउदो हिउँदे अधिवेशबाट संघीय प्रहरी ऐन, शिक्षा ऐनलगायतका आवश्यक कानुनहरू पारित गर्ने सरकारको तयारी रहेको समेत उल्लेख गरे ।

    उपप्रधानमन्त्री खड्काले सरकार जनताको सुख दुःखको साथी भएको बताउँदै जनताको उन्नति र समृद्धिका लागि वर्तमान सरकार लागिरहेको बताएका छन् । उनले वर्तमान गठवन्धन सरकार संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गरी जनतालाई थप अधिकार सम्पन्न र बलियो बनाउने गरी काम गरिरहेको बताएका हुन  । 

    त्यसैगरी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगीताको तयारीमा जुट्न आग्रह गर्दै खेल आयोजनाले कर्णालीमा खेलकुद पूर्वाधार निर्माणले गति पाउने र खेलाडीलाई पनि थप सहज हुने बताए ।


    क्याटेगोरी : राजनीति, समाचार

    प्रतिक्रिया दिनुहोस