कांग्रेस रामेछापकाे महासमितिमा सहमतिका लागि न्याैपानेकाे संयाेकत्वमा समिति गठन
रामेछाप – नेपाली कांग्रेस रामेछापको २०ओै जिल्ला कार्यसमिति बैठकले महासमिति सदस्यका लागि सहमति जुटाउन समिति गठन गरेकाे छ । शनिबार मन्थलीमा बसेकाे बैठकले लवश्री न्याैपानेकाे संयाेकत्वमा ५ सदस्यीय समिति गठन गरेकाे हाे ।
उक्त बैठकले नेपाली कांग्रेस रामेछापका निवर्तमान सभापति न्याैपानेकाे संयाेजकत्वमा गठन भएकाे समितिमा नेपाली कांग्रेस रामेछापका सल्लाकार कृष्ण महत, सदस्य चिना खड्का, दुबै प्रदेश क्षेत्रीय सभापतिहरु निराेज खड्का र राजेश श्रेष्ठ सदस्य रहेका छन् । उक्त समितिलाई बैठकले महासमिति सदस्यहरुमा सहमति जुटाउने जिम्मेवारी दिएकाे छ । समितिले मंसिर १७ गते सम्म सहमतिकाे पहल गर्ने र सहमति जुट्न नसकेमा सहमति जुट्न नसक्नुकाे कारण सहित जिल्ला कार्यसमितिलाई प्रतिवेदन बुझाउनु पर्ने छ ।
यसरी समितिले आफ्नाे प्रतिवेदन बुझाएपछि मंसिर २३ गते महासमिति सदस्यकाे चुनाव हुने गरि चुनावी प्रकृया अघि बढाइने जिल्ला कार्यसमितिकाे बैठकले निर्णय गरेकाे छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- २ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ३ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ४ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ५ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ६ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ७ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ८ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय













प्रतिक्रिया दिनुहोस