कांग्रेस रामेछापकाे महासमितिमा सहमतिका लागि न्याैपानेकाे संयाेकत्वमा समिति गठन

रामेछाप – नेपाली कांग्रेस रामेछापको २०ओै जिल्ला कार्यसमिति बैठकले महासमिति सदस्यका लागि सहमति जुटाउन समिति गठन गरेकाे छ । शनिबार मन्थलीमा बसेकाे बैठकले लवश्री न्याैपानेकाे संयाेकत्वमा ५ सदस्यीय समिति गठन गरेकाे हाे ।
उक्त बैठकले नेपाली कांग्रेस रामेछापका निवर्तमान सभापति न्याैपानेकाे संयाेजकत्वमा गठन भएकाे समितिमा नेपाली कांग्रेस रामेछापका सल्लाकार कृष्ण महत, सदस्य चिना खड्का, दुबै प्रदेश क्षेत्रीय सभापतिहरु निराेज खड्का र राजेश श्रेष्ठ सदस्य रहेका छन् । उक्त समितिलाई बैठकले महासमिति सदस्यहरुमा सहमति जुटाउने जिम्मेवारी दिएकाे छ । समितिले मंसिर १७ गते सम्म सहमतिकाे पहल गर्ने र सहमति जुट्न नसकेमा सहमति जुट्न नसक्नुकाे कारण सहित जिल्ला कार्यसमितिलाई प्रतिवेदन बुझाउनु पर्ने छ ।
यसरी समितिले आफ्नाे प्रतिवेदन बुझाएपछि मंसिर २३ गते महासमिति सदस्यकाे चुनाव हुने गरि चुनावी प्रकृया अघि बढाइने जिल्ला कार्यसमितिकाे बैठकले निर्णय गरेकाे छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ शैक्षिक आन्दोलन र शिक्षक
- २ विद्यालयमा खानेपानी व्यवस्थापनका लागि मुक्तिनाथ बैंककाे सहयाेग
- ३ कक्षा १२ काे परीक्षा स्थगित
- ४ एनडिसीमा श्रमिकको मुद्दा सुनिश्चित: वनमन्त्री शाही
- ५ रामेछाप खाँडादेविका एक पुरुषले गरे श्रीमतीकाे हत्या , छाेराछाेरी घाइते
- ६ बालमैत्री नगर घाेषणाले फाइदा नै फाईदा हुन्छ : समन्वय प्रमुख खड्का
- ७ कांग्रेसको महाधिवेशन समयमै हुनुपर्छ : नैनसिंह महर
- ८ प्रसंसा कारिताले पत्रकारिता चल्दैन : युनियन महासचिव पाैडेल
प्रतिक्रिया दिनुहोस