महिला कर्मचारीलाई दुर्व्यवहार गरेकाे आराेपमा बन अधिकृत विरुद्ध उजुरी

रामेछाप – डिभिजन बन कार्यालय रामेछापका अधिकृत रामशरण गाैतमले आफ्नै कार्यालयकाे महिला कर्मचारीमाथि दुर्व्यवहार गरेकाे आराेपमा बन मन्त्रालयमा उजुरी परेकाे छ ।
अधिकृत गाैतमले कार्यालयमा कार्यरत महिला कर्मचारीमाथी दुर्व्यवहार गरेकाे भन्दै एक महिला कर्मचारीले नाम सार्वजनिक नगर्ने गरि बेनामी उजुरी दर्ता गरेकी हुन । उनले बन मन्त्रालयमा उजुरी दिएर बन तथा वातावरण मन्त्रालय बागमती प्रदेश र जिल्ला प्रशासन कार्यालय रामेछापमा बाेदार्थ दिएपछि साे घटना सार्वजनिक भएकाे हाे ।
अधिकृत गाैतमले महिला कर्मचारीकाे म्यासेन्जरमा अश्लील सामाग्री पठाउने, अश्लील शब्द प्रयाेग गर्ने , साझ विहान निजि आवासमा बाेलाउने लगाएतका क्रियाकलाप गरेकाे भन्दै उजुरी परेकाे एक कर्मचारीले बताए ।
उजुरीकाे सम्बन्धमा रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निराैलासँग सम्पर्क गर्दा उनले उजुरी परेकाे का सत्य भएकाे बताइन । उनले उजुरीको विषयमा अनुसन्धानकाे प्रकृया अगाडि बढाएको र छानबिन भैरहेकाे जानकारी दिइन् ।
यसैगरी उजुरीका विषयमा डिभिजन बन अधिकृत रामशरण गाैतमसँग सम्पर्क गर्दा उनले आफू विरुद्ध संड्यन्त्र पुर्वक फसाउने नियतले बेनामी उजुरी दिएकाे बताए । उनले भने ” मैले कुनैपनि महिला कर्मचारी माथि त्यस्ताे कुनै किसिमकाे दुर्व्यवहार गरेकाे छैन । याे निराधार र भ्रामक कुरा हाे भन्दै उजुरीका विषयमा अनुसन्धानलाई सक्दाे सहयाेग गर्ने अधिकृत गाैतमले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेकपा एमाले बागमतीकाे अध्यक्षमा रामेछापका ढुङ्गेल विजयी
- २ बजार अनुगमन प्रभावकारी बनाउनुस् : कावा प्रधानमन्त्री खड्का
- ३ एमाले बागमती प्रदेश अध्यक्षमा ढुङ्गेल सहित पाँचजनाकाे उम्मेदवारी
- ४ शिक्षक आन्दोलन फिर्ता
- ५ संविधान दिवसमा विविध कार्यक्रम
- ६ प्रेस युनियन केन्द्रमा परामर्श समिति गठन
- ७ बेवारिसे शव फेला
- ८ असाेज ३ गते देखि सडक आन्दोलनमा शिक्षक
प्रतिक्रिया दिनुहोस