सहकारी दिवसमा विविध कार्यक्रम
रामेछाप- ६६ ओैं राष्ट्रिय सहकारी दिवसकाे अवसरमा जिल्ला सहकारी संघ रामेछापले विविध कार्यक्रमकाे आयाेजना गरेकाे छ ।दिवसकाे अवसरमा साेमबार संघले दाैड प्रतियोगिता र रक्तदान कार्यक्रम गरेकाे हाे ।
कार्यक्रमकाे प्रमुख अतिथि तथा जिल्ला समन्वय समिती रामेछापकी प्रमुख चिना खड्काले देशमा भइरहेको आर्थिक मन्दीलाई ध्यानमा राखेर कार्य गर्न अनुराेध गरेकी छन् । त्यस्तै आर्थिक सम्वृद्वीका लागि सहकारीले महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताइन् ।
त्यसैगरि मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले कार्यक्रममा शुभकामना दिदै सबैकाे साथ र सहकार्यबाट सहकारी संचालन हुने भएकाले समस्या समाधानमा समेत सहज हुने बताए ।
त्यस्तै दिवसको अवसरमा आयाेजित दौड प्रतियोगितामा नवजागरण बचत तथा ऋण सहकारीबाट सहभागी मनोज श्रेष्ठ,बिपुल रोक्का र प्रकाश कार्की क्रमश: प्रथम,द्धितिय तृतिय हुन सफल भएकाछन् भने भुतपुर्व सैनिक बचत तथा ऋण सहकारीबाट सहभागी भएका भरत खत्री र कुमार बहादुर थापाले सान्त्वना स्थान हासिल गरेका छन् ।
दाैड प्रतियोगितामा विजयी हुनेहरुमा क्रमश: प्रथमलाइ ५ हजार, द्धितिय हुनेलाइ ३ हजार ,तृतिय हुनेलाइ २ हजार र सान्त्वना स्थान हासिल गर्नेलाइ १ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ । दौड प्रतियोगितामा विभिन्न सहकारीहरुबाट ४४ जनाले सहभागिता जनाएका थिए ।
दाैड प्रतियाेगिता मन्थली बजारकाे मदनआश्रीत चाेकबाट सुरु भएर जिल्ला प्रहरी कार्यलय जाने बाटाबाट हाटेचाैर हुदै ट्रफिक चाेकबाट जिल्ला समन्वय समितिकाे कार्यालय सम्म गरि ३ हजार मिटरकाे रहेकाे थियाे
त्यस्तै रक्त अभावलाइ न्युनिकरण दिवसकाे अवसरमा जिल्ला समन्वय समितिकाे प्राङ्गणमा भएकाे रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेकाछन् ।
कार्यक्रम जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुंगेलको अध्यक्षता तथा जिल्ला समन्वय समितिकाे प्रमुख चिना खड्काकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे भने कार्यक्रम मन्थली नगरपालिकासँगकाे समन्वय जिल्ला सहकारी संघ रामेछापले आयाेजना गरेकाे हो ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ नमुनादीप कप’को उपाधि लिखुतामाकोशीलाई
- २ १४ वर्षमुनिका बालबालिकाकाे क्यान्सर उपचार निशुल्क गर्ने
- ३ क्षतिग्रस्त प्रशारण लाईन संचालनमा
- ४ रामेछाप कपकाे उपाधि आयाेजक टिम दिपशिखाकाे पाेल्टामा
- ५ खुर्कोट पुल संचालनमा
- ६ खुर्काेट पुल निर्माण सकेर काठमाडौं फर्किए : राज्यमन्त्री तामाङ
- ७ रामेछाप कप भाेलीदेखि मन्थलीमा सुरु , प्रदेश अर्थमन्त्री काफ्लेद्वारा उत्घाटन गरिने
- ८ रास्वपा सभापति लामिछाने पक्राउ
प्रतिक्रिया दिनुहोस