जीप दुर्घटनामा चालक ठहरै

रामेछाप – रामेछापको खाँडादेवि गाउँपालिका ७ को ताल्दुमबाट काठमाण्डौ तर्फ जादै गरेको बा १६ च ३२२५ नम्बरको यात्रुबाहक जीप सोहि गाउँपालिकाको राकाथुममा शनिबार अपरान्ह दुर्घटना हुदा जीप चालकको घटनास्थलमानै मृत्यू भएको छ । दुर्घटनामा ७ जना घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दुर्घटनामा परी मृत्यू हुनेमा खाँडादेवि ७ का जीप चालक कालुमान तामाङ रहेका छन् । दुर्घटनामा परी घाईते हुने सवैलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । घाईतेहरु खाँडादेविका रुपसिं तामाङ, सुष्मा तामाङ, नेस्नल तामाङ, सविना तामाङ, क्वीन तामाङ दिनेश श्रेष्ठ र जापानी नागरिक सातो काजुभि रहेका छन् । घाईते मध्ये रुपसिं तामाङको अवस्था गम्भिर रहेको छ । ओरालो जादै गरेको उक्त जीप सडक नजिककैको भीरबाट करिव ३ सय मिटर तल खसेको पूर्व वडा अध्यक्ष विष्णु श्रेष्ठले जनाएका छन् । दुर्घटनाको कारण थाहा हुन सकेको छैन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेकपा एमाले बागमतीकाे अध्यक्षमा रामेछापका ढुङ्गेल विजयी
- २ बजार अनुगमन प्रभावकारी बनाउनुस् : कावा प्रधानमन्त्री खड्का
- ३ एमाले बागमती प्रदेश अध्यक्षमा ढुङ्गेल सहित पाँचजनाकाे उम्मेदवारी
- ४ शिक्षक आन्दोलन फिर्ता
- ५ संविधान दिवसमा विविध कार्यक्रम
- ६ प्रेस युनियन केन्द्रमा परामर्श समिति गठन
- ७ बेवारिसे शव फेला
- ८ असाेज ३ गते देखि सडक आन्दोलनमा शिक्षक
प्रतिक्रिया दिनुहोस