प्रविधि युक्त कक्षाकाेठा देखि छात्रवृत्ति सम्मकाे व्यवस्था हुन्छ:सभापतिका उम्मेदवार कार्की

रामेछाप – मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा यहि चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचन हुदैछ । उक्त निर्वाचनमा भाग लिएका संयुक्त विद्यार्थी समुहकाे प्यानलले बिहिवार पत्रकार।सम्मेलन गरेर १४ बुदे प्रतिबद्धता सार्वजनिक गरेकाे छ ।
उक्त प्यानलकाे तर्फबाट स्ववियु सभापतिका उम्मेदवार रहेका अबिनास कार्कीले प्रतिबद्धता सार्वजनिक गर्दै स्ववियुमा निर्वाचित भए पश्चात् क्याम्पसमा आधुनिक प्रविधि युक्त कक्षा काेठा निर्माण गर्पश्चात जेहेन्दार, दलित, गरिब र असहाय विद्यार्थीहरुका लागि छात्रवृत्तिकाे व्यवस्था मिलाउने घाेषणा गरे।

त्यस्तै प्रतिबद्धतामा संकाय अनुसार पुस्तकालय ,स्वच्छ खानेपानि, सभा साैचालय र चमेनागृहकाे व्यवस्था गरिने उल्लेख गरिएकाे छ । त्यसैगरी विद्यार्थी भर्ना ,परीक्षा फारम,प्रशासनिक कार्यलाई कम्प्युटराइ गर्नुका साथै अनलाइन कक्षाकाे व्यवस्था गर्ने लगाएकाे कुरा प्रतिबद्धता उल्लेख गरेका छन् । जिल्ला भरकाे विद्यार्थीकाे हक हित र शैक्षिक क्षेत्रकाे सुधार गर्दै गुणस्तरीय शिक्षामा विद्यार्थीकाे अधिकार स्थापित गर्न लाग्ने सभापतिका उम्मेदवार कार्कीले बताए ।

मन्थली क्याम्पसमा चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा संयुक्त विद्यार्थी प्यानल र अनेरास्ववियुकाे प्यानल बिच प्रतिस्पर्धा हुने भएकाे छ । जिल्लाकाे एकमात्र स्ववियु निर्वाचन हुने क्याम्पस मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस हाे । उक्त क्याम्पसमा ७ सय १४ जना विद्यार्थी मतदाता रहेका छन् ।
क्याटेगोरी : राजनीति, शिक्षा, समाचार
ताजा अपडेट
- १ लुटपाट गर्ने एक पुरुष पक्राउ
- २ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ३ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ४ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
- ५ प्रेस युनियनकाे आयाेजनामा बैशाख २७ देखि ३० सम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुदै
- ६ भारत पाकिस्तान तनावबारे नेपालकाे धारणा सार्वजनिक
- ७ बागमती प्रदेशभर आज सार्वजनिक बिदा
- ८ उत्कृष्ट सुचना अधिकारी २०८२ बाट मन्थलीका सुचना अधिकारी बुढाथोकी सम्मानित
प्रतिक्रिया दिनुहोस