प्रविधि युक्त कक्षाकाेठा देखि छात्रवृत्ति सम्मकाे व्यवस्था हुन्छ:सभापतिका उम्मेदवार कार्की
रामेछाप – मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा यहि चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचन हुदैछ । उक्त निर्वाचनमा भाग लिएका संयुक्त विद्यार्थी समुहकाे प्यानलले बिहिवार पत्रकार।सम्मेलन गरेर १४ बुदे प्रतिबद्धता सार्वजनिक गरेकाे छ ।
उक्त प्यानलकाे तर्फबाट स्ववियु सभापतिका उम्मेदवार रहेका अबिनास कार्कीले प्रतिबद्धता सार्वजनिक गर्दै स्ववियुमा निर्वाचित भए पश्चात् क्याम्पसमा आधुनिक प्रविधि युक्त कक्षा काेठा निर्माण गर्पश्चात जेहेन्दार, दलित, गरिब र असहाय विद्यार्थीहरुका लागि छात्रवृत्तिकाे व्यवस्था मिलाउने घाेषणा गरे।

त्यस्तै प्रतिबद्धतामा संकाय अनुसार पुस्तकालय ,स्वच्छ खानेपानि, सभा साैचालय र चमेनागृहकाे व्यवस्था गरिने उल्लेख गरिएकाे छ । त्यसैगरी विद्यार्थी भर्ना ,परीक्षा फारम,प्रशासनिक कार्यलाई कम्प्युटराइ गर्नुका साथै अनलाइन कक्षाकाे व्यवस्था गर्ने लगाएकाे कुरा प्रतिबद्धता उल्लेख गरेका छन् । जिल्ला भरकाे विद्यार्थीकाे हक हित र शैक्षिक क्षेत्रकाे सुधार गर्दै गुणस्तरीय शिक्षामा विद्यार्थीकाे अधिकार स्थापित गर्न लाग्ने सभापतिका उम्मेदवार कार्कीले बताए ।

मन्थली क्याम्पसमा चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा संयुक्त विद्यार्थी प्यानल र अनेरास्ववियुकाे प्यानल बिच प्रतिस्पर्धा हुने भएकाे छ । जिल्लाकाे एकमात्र स्ववियु निर्वाचन हुने क्याम्पस मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस हाे । उक्त क्याम्पसमा ७ सय १४ जना विद्यार्थी मतदाता रहेका छन् ।
क्याटेगोरी : राजनीति, शिक्षा, समाचार
ताजा अपडेट
- १ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- २ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ३ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ४ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ५ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ६ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ७ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ८ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’













प्रतिक्रिया दिनुहोस