सकियाे सिईओ वर्कशप : ११ बुदे साझा संकल्प जारी

काठमाडौ – नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले आयोजना गरेको व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी (सिईओ वर्कशप) बिहीबार ११ बुँदे साझा संकल्प जारी गर्दै सम्पन्न भएको छ ।
काठमाडौंमा दुई दिनसम्म सञ्चालन भएको गोष्ठीले जिम्मेवार व्यवस्थापन निर्माण मार्फत सुरक्षित बचत तथा ऋण अभियानका लागि प्रतिबद्धता व्यक्त गरेको छ । गोष्ठीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा देशभरका करिब ४ सय ५० बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापन प्रमुख (सिईओ)हरुको उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागी सिईओहरुले सहकारी संस्थाले प्रविधियुक्त सेवा प्रवाह गर्ने, सुशासन कायम गर्ने र संस्थाको छवि निर्माणमा व्यवस्थापन जिम्मेवार बन्ने संकल्प प्रस्ताव पारित गरेको छन् ।
गोष्ठीले अलग्गै बचत तथा ऋण सहकारी ऐन निर्माणका लागि ऐक्यबद्धता र आवस्यक पैरबी गर्ने समेत संकल्प पारित गरेको छ । त्यस्तै एकिकृत स्वनीयमन मार्गनिर्देशन पालन गर्ने, संस्थागत विकास र सुदृढिकरणको लागि स्तरीकरण कार्यक्रममा आवद्ध हुने र सुरक्षित संस्था निर्माण गर्न पल्र्स प्रणालीको पुर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता सिईओहरुले गरेका छन् ।
त्यसैगरी बाध्यकारी नियामकीय प्रबन्धहरु पुर्णरुपमा कार्यान्वयन गर्ने , जोखिमहरुको व्यवस्थापन गर्न संस्थागत पूँजी कम्तीमा पाँच प्रतिशत कायम गरी स्थिरीकरण कोषमा आबद्ध हुने समेत उनीहरुले प्रतिवद्धता जनाएका छन् ।
नेफ्स्कूनका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक दीपक पनेरुले साझा संकल्प वाचन गरेका थिए । पनेरुले सहकारी अभियानको वर्तमान समस्या सम्बोधनमा संकल्पले दिशानिर्देशन गर्ने बताए ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ वडा कार्यालयको भवन निमार्ण विरुद्ध स्थानियको विरोध
- २ मन्थली क्याम्पसकाे स्ववियुमा अनेरास्ववियुका पुष्करलाई हराउदै नेबिसंघका अविनाश निर्वाचित
- ३ शैलुङ अन्तर्राष्ट्रिय अल्ट्र म्याराथन सम्पन्न
- ४ सुनापति–शैलुङ म्याराथनको तयारी पुरा
- ५ प्रविधि युक्त कक्षाकाेठा देखि छात्रवृत्ति सम्मकाे व्यवस्था हुन्छ:सभापतिका उम्मेदवार कार्की
- ६ शैलुङ्मा अल्ट्रा अन्तराष्ट्रिय म्याराथन हुँदै
- ७ फैसला विरुद्ध प्रदर्शन र तोडफोड
- ८ उद्योग वाणिज्य संघमा थापामगरको प्यानल विजयी
प्रतिक्रिया दिनुहोस