महिलाले सम्पन्न गरे ऐतिहासिक अन्तराष्ट्रिय उडान
काठमाण्डौं । अन्तराष्ट्रिय नारी दिवसको दिन नेपाली महिलाहरुले ऐतिहासिक अन्तराष्ट्रिय उडान गरेर नयाँ रेकर्ड गरेका छन् । बरिष्ट चालक, सहचालक, उडान सहयोगी कर्मचारी र परिचारिका सवै महिला रहेको १ सय ५६ सिट क्षमताको एयरवस ए–३२० विमानलाई युईए को दुवईबाट उडाएर बुधबार विहान काठमाण्डौं स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गराएका छन् ।

नेपालको ईतिहासमा पाईलट लगाएत सवै महिला कर्मचारीले उडान गरेको यो पहिलो हो । नेपाल वायु सेवा निगमले नारी दिवसको दिन यो संयोग जुराएको थियो । नेपालमा महिला बरिष्ट विमानचालक या सहचालक भएर ककपिटमा काम गरेको भएपनि दुवै जना महिलाले उडान संहालेर ४ दिन अघी काठमाण्डौं देखि दुवई सम्म एयरवस उडाएर पु¥याएका थिए । तर उक्त उडानमा अरु उडान कर्मचारी भने पुरुष पनि थिए । बुधबारको उडानमा भने सवै महिलाहरु मात्र उडानमा सम्लग्न रहेका थिए ।
दुवईबाट विहान १० वजेर ३५ मिनेटमा काठमाण्डौं अवतरण गरेको नेपाल वायु सेवा निगमको न्यायोबडि एयरवस विमानका बरिष्ट चालक भावना गिरी पन्त र सहचालक श्रृजना राउत लगाएतलाई संस्कृति पर्यंटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराती र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले स्वागत गरेका थिए ।
युईएको समय अनुसार विहान ३ बजरे ५९ वजे यात्रु बोकेर एयरवस ए–३२० लाई उचालेका महिला क्याप्टेर गिरी र राउतको टोलीले करिव ३६ हजार फिटको उचाईबाट उडान गरेका थिए । उक्त जहाजले युएई, ओमान, पाकिस्तान र भारतको आकाश हुदै उडान गरेको थियो । काठमाण्डौंमा सिमसिम पानी परेको बेला महिलाहरुले विमानलाई त्रिभुवन विमानस्थलको धावनमार्ग अवतरण गराएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस