रामेछापकाे प्रदेश १ ख मा माओवादी केन्द्रका चाैलागाइ विजयी

रामेछाप – रामेछाप प्रदेश सभा १(२) मा नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य विदेश विभाग प्रमुख युवराज चौलागाई विजयी भएका छन् । चौलागाईले एमालेका मिलन कुमार घिसिङलाई ४ हजार ७ सय ७४ मतान्तरले पराजित गरेका हुन ।
मूख्य निर्वाचन कार्यालय रामेछापका अनुसार आईतबार विहान सम्पन्न मतगणनामा चौलागाईले २२ हजार ९ सय ७९ मत प्राप्त गरी विजय हासिल गरेका हुन । उनका प्रतिस्पर्धि घिसिङले १८ हजार २ सय ५ मत पाएका थिए । चौलागाई सत्ता गठवन्धनका तर्फ बाट उमेदवार भएका हुन ।

माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य चौलागाई विदेश विभाग प्रमुख समेत हुन । पश्चिमी रामेछापको गुन्सी निवासी चौलागाई माओवादी सशस्त्र आन्दोलन देखि पार्टीमा क्रियाशिल हुदै आएका छन् । यस अघी उनी कुनै पनि तहको जनप्रतिनिधिका लागि उमेदवार भएका थिएनन । पहिलो प्रयासमा प्रदेश सदस्य भएका चौलागाईले नागरिकका समस्या समाधानका लागि योजनावद्ध तवरले काम गर्ने र रामेछापेली जनतालाई सहज सेवा सुविधा प्रवाह गर्ने योजना रहेको वताएका छन् ।
चौलागाईको जित सगैं रामेछापको मतगणना पनि सकिएको छ । यस अघी प्रतिनिधिसभा सदस्यमा नेपाली का“ग्रेसका पूर्णवहादुर तामाङ (कान्छाराम) र प्रदेश सभा १(१) मा माओवादी केन्द्रका तारानारायण श्रेष्ठ विजयी भएका थिए । उनीहरु दुवै गठवन्धनका उमेदवार हुन ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस