रामेछापकाे प्रदेश १ ख मा माओवादी केन्द्रका चाैलागाइ विजयी
रामेछाप – रामेछाप प्रदेश सभा १(२) मा नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य विदेश विभाग प्रमुख युवराज चौलागाई विजयी भएका छन् । चौलागाईले एमालेका मिलन कुमार घिसिङलाई ४ हजार ७ सय ७४ मतान्तरले पराजित गरेका हुन ।
मूख्य निर्वाचन कार्यालय रामेछापका अनुसार आईतबार विहान सम्पन्न मतगणनामा चौलागाईले २२ हजार ९ सय ७९ मत प्राप्त गरी विजय हासिल गरेका हुन । उनका प्रतिस्पर्धि घिसिङले १८ हजार २ सय ५ मत पाएका थिए । चौलागाई सत्ता गठवन्धनका तर्फ बाट उमेदवार भएका हुन ।
माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य चौलागाई विदेश विभाग प्रमुख समेत हुन । पश्चिमी रामेछापको गुन्सी निवासी चौलागाई माओवादी सशस्त्र आन्दोलन देखि पार्टीमा क्रियाशिल हुदै आएका छन् । यस अघी उनी कुनै पनि तहको जनप्रतिनिधिका लागि उमेदवार भएका थिएनन । पहिलो प्रयासमा प्रदेश सदस्य भएका चौलागाईले नागरिकका समस्या समाधानका लागि योजनावद्ध तवरले काम गर्ने र रामेछापेली जनतालाई सहज सेवा सुविधा प्रवाह गर्ने योजना रहेको वताएका छन् ।
चौलागाईको जित सगैं रामेछापको मतगणना पनि सकिएको छ । यस अघी प्रतिनिधिसभा सदस्यमा नेपाली का“ग्रेसका पूर्णवहादुर तामाङ (कान्छाराम) र प्रदेश सभा १(१) मा माओवादी केन्द्रका तारानारायण श्रेष्ठ विजयी भएका थिए । उनीहरु दुवै गठवन्धनका उमेदवार हुन ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- २ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ३ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ४ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ५ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ६ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ७ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ८ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’













प्रतिक्रिया दिनुहोस