• काेसिस न्यूज
  • ह्वात्तै बढ्यो गठवन्धनको चुनावी माहौल


    रामेछाप । आउदो मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि लोकतान्त्रिक बाम गठवन्धनको चुनावी माहौैल रामेछापमा एक साता देखि ह्वात्तै बढेको छ । दोरम्बा शैलुंग र सुनापतिमा गठवन्धन प्रति स्थानीयको अपार स्वागत पछि गठवन्धनका उमेदवारको जित सुनिश्चित जस्तै वनेको छ । पूर्वि रामेछापमा यस अघीनै गठवन्धनका उमेदवारहरुले गरेको घरदैलो र कोणसभामा समेत स्थानीय मतदाताको त्यस्तै माया र सद्भाव पाएका थिए ।
    यसैक्रममा लोकतान्त्रिक बाम गठवन्धनले कठजोरमा शनिबार आयोजना गरेको चुनावी सभामा समेत स्थानीय उर्लिएका छन् । मुलुकमा प्रजातन्त्र र लोकतन्त्र प्राप्तिका लागि भएका आन्दोलनमा आफ्नो ईतिहास वनाएको कठजोरले शनिबार पनि लोकतान्त्रिक बाम गठवन्धनको पक्षमा आफुलाई खरो रुपमा उतारेको छ । सयौं स्थानीयले प्रतिनिधिसभा सदस्यका उमेदवार पूर्णवहादुर लामा कान्छाराम र प्रदेश सभा सदस्य उमेदवार तारानारायण श्रेष्ठ तथा युवराज चौलागाईलाई भव्य स्वागत गरे ।
    स्थानीय निर्वाचनमा इतिहासमै नमिठो हार वेहोरेको कठजोर काँग्रेसले यो पटक त्यसको बदला लिएर देखाउने स्थानीय नेता केशव रोकाले वताए । हामी प्रजातान्त्रिक गठवन्धनका उमेदवारहरु बाहेक अरुलाई चिन्दैनौं रोकाले भने – जसले संविधानको ध्वंम्स गर्छ, जसले तानाशाहि शासन सत्ता लाद्न खोज्छ, जसले कानुन मिचेर सवै शक्ति आफ्नो हातमा लिने दुस्प्रयास गर्छ त्यस्तो पार्टीलाई जनताले भोट नदिने वताए ।
    जव जव देशमा संकट आउछ, त्यसवेला नेपाली काँग्रेसको नेतृत्वले मात्रै काम गरेको भन्दै रोकाले मुलुकमा शान्ति स्थापनामा पनि काँग्रेस र माओवादी एक ठाउँमा नआएको भए आजको दिन देख्न नसकिने अवस्था रहेको औंल्याए । उनले गठवन्धनका उमेदवारको जित सुनिश्चित भएको भन्दै नागरिकको कुरामा विषेश ध्यान दिएर जिल्लामा विकास निर्माण र आयआर्जनका काम गर्नुपर्नेमा जोड िदिए ।
    कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति तथा प्रतिनिधिसभा सदस्य उमेदवार पूर्णवहादुर तामाङ (कान्छारामले) गवन्धनका सवै नेता तथा कार्यकर्ताले ईमान्दारिताका साथ प्रतिनिधिसभामा रुख र प्रदेश सभामा गोलाकार भित्रको हसिया हथौडा चिन्हमा मतदान गर्नुपर्ने वताए । जिल्लामा कुन क्षेत्रमा के कुराको अभाव छ, कुन विकास चाहिएको छ, सवै कण्ठ रहेको वताउदै कान्छारामले निर्वाचित भएपछि सरकारको श्रोत परिचालन गरी स्थानीयको माग पुरा गर्ने वताए ।
    प्रदेश सभा उमेदवार तारानारायण श्रेष्ठ र युवराज चौलागाईले मुलुकमा शान्ति सुरक्षा, अमनचयन र संविधानको रक्षाका लागि वनेको वर्तमान गठवन्धनलाई ईमान्दारिकताका साथ मतदान गर्न आग्रह गरे । एमालेको नेतृत्वमा रहेको सरकारले मुलुक तहस नहस पारेको भन्दै उनिहरुले संविधानसभाबाट जारी भएको संविधान च्यात्न खोज्ने केपि ओलीको नेतृत्व अव जनताले नस्वीकार्ने वताए ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस