आगलागिबाट घर जल्यो

रामेछाप । रामेछापको गोकुलगंगा ५ नामाडिको पासावारमा मंगलबार दिउसो भएको आगलागीमा परी एक घर जलेर नष्ट भएको छ । आगलागिबाट स्थानीय सिताराम तामाङको घर जलेर नष्ट भएको हो ।
स्थानीय निरन्जि खड्काका अनुसार घरमा कोहि नभएको बेला उक्त आगलागि भएकोले सवै सामाग्री समेत नष्ट भएको छ । तामाङ विरामी छोरी लिएर उपचारका लागि नामाडि बजार आएको बेला घटना भएकाले आगलागीको कारण खुलेको छैन । तामाङका परिवारका ६ जना उक्त घरमा वसोवास गर्दै आएका थिए । घटनास्थलमा पुगेर प्रहरीले मुचुल्का गरेर फर्केको खड्काले वताए । लागलागि पिडितको अर्को स्थानमा वसोवासको व्यवस्था नभएकोले तत्कालै अस्थायी वसोवासका लागि सवैले सहयोग गर्नुपर्ने अवस्था रहेको उनले वताए ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस