आगलागिबाट घर जल्यो
रामेछाप । रामेछापको गोकुलगंगा ५ नामाडिको पासावारमा मंगलबार दिउसो भएको आगलागीमा परी एक घर जलेर नष्ट भएको छ । आगलागिबाट स्थानीय सिताराम तामाङको घर जलेर नष्ट भएको हो ।
स्थानीय निरन्जि खड्काका अनुसार घरमा कोहि नभएको बेला उक्त आगलागि भएकोले सवै सामाग्री समेत नष्ट भएको छ । तामाङ विरामी छोरी लिएर उपचारका लागि नामाडि बजार आएको बेला घटना भएकाले आगलागीको कारण खुलेको छैन । तामाङका परिवारका ६ जना उक्त घरमा वसोवास गर्दै आएका थिए । घटनास्थलमा पुगेर प्रहरीले मुचुल्का गरेर फर्केको खड्काले वताए । लागलागि पिडितको अर्को स्थानमा वसोवासको व्यवस्था नभएकोले तत्कालै अस्थायी वसोवासका लागि सवैले सहयोग गर्नुपर्ने अवस्था रहेको उनले वताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस