पारदर्शी र नागरिक मैत्री भएर काम गर्छु : प्रशासकीय प्रमुख पाैडेल
रामेछाप – रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पाैडेलले काममा पारदर्शीता ,सेवामा सुशासन र नागरिक मैत्री भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बुधबार रामेछाप नगरपालिकामा पत्रकारहरुसँगकाे भेटघाटमा पाैडेलले यस्ताे बताएका हुन ।
चन्द्रागिरि नगरपालिकाबाट रामेछाप नगरपालिकामा सरुवा भएर अाएका प्रमुख पाैडेल २४ बर्षदेखि सरकारी सेवामा रहेका छन् । उनने यस अवधिमा १३ बर्ष भन्दा बढी स्थानीय तहमा काम गरेकाे अनुभव भएकाे बताए ।
रामेछाप नगरपालिकामा अान्तरिक श्राेतकाे कमी देखिएकाे र त्यसका लागि खाेजी गरिने बताउदै पाैडेलले भने नगरकाे कुनैपनि काममा सहकार्य र समन्वय गरेर मात्र काम गर्ने बताए । त्यसैगरि नगरबाट प्रभाह हुने सेवा , कार्यक्रमहरु र याेजना कार्यन्वयनमा पारदर्शिता हुनुका साथै नागरिक मैत्री सेवा प्रवाह गरेर नागरिक विस्वालाइ अभिवृद्धि हुने गरि काम गर्ने बताए ।
रामेछाप नगरपालिकाकाे प्रमुख प्रशासकीय पाडैलसँगकाे भेटघाटमा सहभागी पत्रकारहरुले उत्पादनसील क्षेत्रमा काम गर्न , नागरिकलाई प्रत्यक्ष रुपमा फाइदा पुग्ने र जीवन स्तर उकास्न सहयाेग पुग्ने खालका कार्यक्रम गर्न सुझाव दिएका छन् ।
क्याटेगोरी : विचार, समाचार
ताजा अपडेट
- १ रास्वपा उम्मेदवार आसीकालाई जर्मन दूतावासले सोधपुछका लागि बोलायो
- २ निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे १ लाख जरिवानादेखि उम्मेदवारी खारेजीसम्म
- ३ रामेछापबाट कांग्रेस केन्द्रीय सदस्यमा बिनिता
- ४ सुजाताकाे कांग्रेस सभापति गगनलाई बधाई, परिवर्तनलाई स्वीकार्न आग्रह
- ५ रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ६ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- ७ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ८ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की















प्रतिक्रिया दिनुहोस