संस्कृतिविद् सत्यमोहन जोशीको १०३ निधन
काठमाडौँ — संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो । जोशिको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गतेदेखि भर्ना गराएर उनको उपचार भइरहेको थियो । स्वास्थ्यमा थप प्रतिकूलता देखिएपछि उनलाई सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार थालिएको अस्पतालले जनाएको थियो ।
जोशिको स्वास्थ्य अवस्था शुक्रबार बाट थप जटिल बनेको थियो । उनलाई बिहीबारदेखि नै धेरै अक्सिजन दिनुपरेको थियो भने मुटुको चालमा पनि समस्या रहेको थियो । पछिल्लो पटक जोशीलाई डेंगीको संक्रमणका साथै पिसाबमा पनि संक्रमण देखिएका कारण अस्पताल भर्ना गरिएको थियो । उनी मुटु र फोक्सो सम्बन्धि रोगले ग्रसित थिए ।
जहानियाँ राणा शासनदेखि २००७ सालमा आएको प्रजातन्त्रसम्म र २०१७ देखि सुरु भएको पञ्चायतदेखि २०४६ मा आएको प्रजातन्त्रसम्मका सबै उथलपुथलपूर्ण इतिहासका साक्षी रहेका जोशी नेपाली र नेवारी भाषाका नाटककार र त्यसमा अभिनय गरेका कलाकार पनि थिए ।
यसैविच स्वर्गीय जोशिको पार्थिब शरीरमा प्रधानमन्त्री शेरवहादुर देउवाले राष्ट्रिय झण्डा ओडाएर अन्तिम श्रृद्धाञ्जली प्रकट गरेका छन् । राष्ट्रपति विद्यादेवि भण्डारी प्रधानमन्त्री शेरवहादुर देउवा लगाएत उच्च राजनीतिक नेता र अधिकारीहरुले जोशीको निधन प्रति गहिरो दुख्ख समेत प्रकट गरेका छन् ।
स्वर्गीय जोशीको इच्छा बमोजिम उनको शव नजलाईने भएको छ । जोशीले शरीर दान गरेका थिए । उनको ईच्छा जलाएर नास गर्नु भन्दा भावि दिनमा शरीरको अध्ययन गराउनका लागि किष्ट अस्पतालमा राखिन थालिएको हो । नसड्ने केमिकल हालेर चिरकाल सम्म उनको शव राखिने जनाइएको छ । शव नजलाउने भएपछि उनका दुई छोराहरुले साँझ जोशीको जन्म कुण्डली घाटमा पुगेर जलाएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- २ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ३ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ४ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ५ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ६ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ७ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ८ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई













प्रतिक्रिया दिनुहोस