संस्कृतिविद् सत्यमोहन जोशीको १०३ निधन

काठमाडौँ — संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो । जोशिको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गतेदेखि भर्ना गराएर उनको उपचार भइरहेको थियो । स्वास्थ्यमा थप प्रतिकूलता देखिएपछि उनलाई सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार थालिएको अस्पतालले जनाएको थियो ।
जोशिको स्वास्थ्य अवस्था शुक्रबार बाट थप जटिल बनेको थियो । उनलाई बिहीबारदेखि नै धेरै अक्सिजन दिनुपरेको थियो भने मुटुको चालमा पनि समस्या रहेको थियो । पछिल्लो पटक जोशीलाई डेंगीको संक्रमणका साथै पिसाबमा पनि संक्रमण देखिएका कारण अस्पताल भर्ना गरिएको थियो । उनी मुटु र फोक्सो सम्बन्धि रोगले ग्रसित थिए ।
जहानियाँ राणा शासनदेखि २००७ सालमा आएको प्रजातन्त्रसम्म र २०१७ देखि सुरु भएको पञ्चायतदेखि २०४६ मा आएको प्रजातन्त्रसम्मका सबै उथलपुथलपूर्ण इतिहासका साक्षी रहेका जोशी नेपाली र नेवारी भाषाका नाटककार र त्यसमा अभिनय गरेका कलाकार पनि थिए ।
यसैविच स्वर्गीय जोशिको पार्थिब शरीरमा प्रधानमन्त्री शेरवहादुर देउवाले राष्ट्रिय झण्डा ओडाएर अन्तिम श्रृद्धाञ्जली प्रकट गरेका छन् । राष्ट्रपति विद्यादेवि भण्डारी प्रधानमन्त्री शेरवहादुर देउवा लगाएत उच्च राजनीतिक नेता र अधिकारीहरुले जोशीको निधन प्रति गहिरो दुख्ख समेत प्रकट गरेका छन् ।
स्वर्गीय जोशीको इच्छा बमोजिम उनको शव नजलाईने भएको छ । जोशीले शरीर दान गरेका थिए । उनको ईच्छा जलाएर नास गर्नु भन्दा भावि दिनमा शरीरको अध्ययन गराउनका लागि किष्ट अस्पतालमा राखिन थालिएको हो । नसड्ने केमिकल हालेर चिरकाल सम्म उनको शव राखिने जनाइएको छ । शव नजलाउने भएपछि उनका दुई छोराहरुले साँझ जोशीको जन्म कुण्डली घाटमा पुगेर जलाएका छन् ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- २ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ३ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
- ४ उमाकुण्डमा बाेलेराे दुर्घटना हुदा चालककाे मृत्यु
- ५ काँग्रेसको विश्वासको मतले अर्थ राख्दैन – एमाले सचिव विष्ट
- ६ रामेछापमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुदै
- ७ भागबन्डा टुङ्गियाे आजै मन्त्रीपरिसद विस्तार हुने
- ८ साेमबार शाेक विदा
प्रतिक्रिया दिनुहोस