अन्नपूर्ण हेलिकप्टरको व्यवसायीक उडान सुरु

रामेछाप – नेपाली का“ग्रेसका नेता पूर्णवहादुर तामाङ ( कान्छाराम ) अध्यक्ष रहेको निजी क्षेत्रको अन्नपूर्ण हेलिकप्टरले व्यवसायीक उडान थालेको छ ।
मंगलबार रामेछाप विमानस्थलमा अवतरण गरेको उक्त कम्पनीको पहिलो हेलिकप्टरले यस अघीनै परिक्षण उडान पुरा गरेको थियो । नेपाल नागरिक उडड्यन प्राधिकरणका हवाई सुरक्षा अधिकारीहरु समेत लिएर रामेछाप विमानस्थलमा अवतरण गरेपछि बरिष्ठ क्याप्टेन रविन्द्रकुमार वस्नेतले अन्नपूर्ण हेलिकप्टरका लागि अव व्यवसायीक उडानका लागि वाटो खुलेको वताए ।
कम्पनीका अध्यक्ष पूर्णवहादुर तामाङ ( कान्छाराम ) का अनुसार ५ सिट क्षमता भएको इक्वेरल हेलिकप्टर मार्फत व्यवसायीक उडान थालिएको हो । कम्पनीले २ वटा हेलिकप्टर संचालनमा ल्याउने छ । दोश्रो हेलिकप्टर ३ महिना पछि व्यवसायीक उडानमा थपिने उनले वताए ।
हिमाली क्षेत्रको उद्धार र अन्य मानव उद्धार कार्यमा पहिलो प्राथमिकता हुने तामाङले वताए । उनले रामेछापका नागरिकलाई हेलिकप्टर उडानमा केहि सहुलियतको व्यवस्था गर्ने समेत वताएका छन् ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस