एमाले नेता बालकृष्ण ढुंगेलको निधन

काठमाण्डाै । एमाले नेता बालकृष्ण ढुंगेलको शनिबार सौचालयमा लडेर मृत्यू भएको छ । काठमाण्डौंको काँडाघारीमा वसोवास गर्दै आएका ढुंगेल आफ्नै घरको सौचालयमा मृत अवस्थामा फेला परेका हुन । घरमा ढुंगेल एक्लै वस्दै आएका थिए ।
काठमाण्डांै प्रहरीले ढुंगेलको मृत्यू बारे पुष्टि गर्दै घटनाको थप अनुसन्धान अघी बढाएको छ । ढुंगेल लामो समय देखि मृर्गौला रोग बाट ग्रसित थिए ।
रामेछापको सिमावर्ति ओखलढुंगाको लेतिमा जन्मिएका ढुंगेल माओवादी भूमिगत हुदा सशस्त्र विद्रोहमा लागेका थिए । उनलाई टारकेरावारीमा भुवन श्रेष्ठलाई हत्या गरेको आरोपमा जेल सजाय समेत भएको थियो । पछि सरकारको सिफारीसमा राष्ट्रपतिले उनिलाई आममाफी दिएकी थिईन ।
२०६४ सालमा ओखलढुंगाबाट संविधानसभा सदस्य पदमा निर्वाचित ढुंगेल माओवादी केन्द्र र एमालेको एकिकरण पछि नेकपा ( नेकपा ) मा सक्रिय थिए । ति दुई दल विभाजन भएर साविककै अवस्थामा फर्किदा ढुंगेल भने एमालेमानै बसेका थिए ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- २ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ३ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
- ४ उमाकुण्डमा बाेलेराे दुर्घटना हुदा चालककाे मृत्यु
- ५ काँग्रेसको विश्वासको मतले अर्थ राख्दैन – एमाले सचिव विष्ट
- ६ रामेछापमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुदै
- ७ भागबन्डा टुङ्गियाे आजै मन्त्रीपरिसद विस्तार हुने
- ८ साेमबार शाेक विदा
प्रतिक्रिया दिनुहोस