काँग्रेसले कार्यकर्तालाई अभिमुखीकरण गर्ने
रामेछाप । नेपाली काँग्रेस रामेछापले पार्टीका सवै तहका पदाधिकारीहरुलाई राखेर २ दिने अभिमुखीकरण गर्ने भएको छ ।
पार्टी जिल्ला संगठन विभागको बैठकले भदौं १७ र १८ गते उक्त कार्यक्रम गर्ने निर्णय गरेको हो । अभिमुखीकरण कार्यक्रममा केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र मिन विश्वकर्मालाई आमन्त्रण गरिएको छ ।
संगठन विभागका अनुसार भदौ १७ गतेको कार्यक्रममा जिल्लामा पार्टीको तर्फबाट विजयी जनप्रतिनिधिहरुलाई सम्मान र अभिमुखीकरण गर्ने कार्यक्रममा केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल सहभागि हुनेछन् भने भदौ १८ गते वडा तह देखि जिल्लाका तहका पदाधिकारी, आमन्त्रित सदस्य, प्रदेश सदस्य , महाधिवेशन प्रतिनिधि लगाएत सहभागि गराएर केन्द्रीय सदस्य मिन विश्वकर्माले अभिमुखीकरण गर्नेछन् ।
कार्यक्रममा मुख्यतया काँग्रेस र यसले प्रजातन्त्र प्राप्तिको लडाईमा खेलेको भूमिका, प्राप्त उपलव्धिको रक्षा, वर्तमान सन्दर्भमा काँग्रेस कार्यकर्ताले खेल्नुपर्ने भूमिका र जिम्मेवारी, आसन्न निर्वाचन लक्षित कार्यक्रमहरुमा कार्यकर्ताको परिचालन लगाएतका विषयमा केन्द्रीत हुनेछ ।
उक्त कार्यक्रम संयोजन गर्न जिल्लामा नेता ध्रुवहरी ढुङ्गेलको संयोजकत्वमा जिल्ला प्रशिक्षक समिति समेत गठन गरिएको छ । समितिमा केशवप्रसाद चालिसे, डा. भरत कुमार श्रेष्ठ, डा. सुमन कर्माचार्य, गुञ्जवहादुर श्रेष्ठ र शिव श्रेष्ठ रहनु भएको जिल्ला कार्य समितिका कार्यालय सचिव कृष्णवहादुर वस्नेतले जनाएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लामिछानेका विश्वास पात्र प्रणय शमशेर राणाले छाडे रास्वपा
- २ सवारी दुर्घटनाका पिडितसँग प्रशासनकाे ११ बुदे सहमति क्षतिपूर्ति तत्काल उपलब्ध गराउन निर्देशन,
- ३ रामेछापमा भएकाे बस दुर्घटना प्रति कांग्रेस उमेदवार खड्काद्वारा शाेक व्यक्त
- ४ पिङ्खुरीका पुर्व वडाअध्यक्ष सहित ठुलाे संख्यामा एमाले परित्याग गर्दै कांग्रेस प्रवेश
- ५ टाेल – टाेलमा आयुर्वेद सेवा
- ६ रामेछापका कांग्रेस उमेदवार रामचन्द्रले सुरु गरे डिजिटल सुझाव संकलन’
- ७ निर्वाचनका लागि कांग्रेसले सातै प्रदेशमा खटायाे नेताहरू
- ८ नापी कार्यालय रामेछापको सेवा प्रवाहमा नयाँ अभ्यास, सेवाग्राहीले आफ्नाे आफै हेर्न सक्ने















प्रतिक्रिया दिनुहोस