जवरजस्ती करणी गर्ने उद्योग गरेको अभियोगमा कठायत पक्राउ
रामेछाप । जवरजस्ती करणी गर्ने उद्योग गरेको अभियोगमा व्यवसायी पवन कठायत पक्राउ परेका छन् । उनलाई बुधबार मन्थली बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । कठायत रामेछाप नगरपालिका १ गाेठगाउँ निवासी हुन । उनले केहि बर्ष देखि रामेछापकाे मन्थलीमा व्यवसाय चलाउदै आएका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजुप्रसाद ढकालका अनुसार भतिजी वुहारी नाता पर्ने विनु यादवले भंैसेश्वर स्थित घरमा जवरजस्ती करणी गर्ने उद्योग गरेको अभियोग सहित प्रहरीमा किटानी जाहेरी दिएकी थिईन । जाहेरी पछि फरार रहेका कठायत मन्थली आएको सूचनाको आधारमा प्रहरीले बुधबार पक्राउ गरेको हो ।
ढकालका अनुसार रामेछाप जिल्ला अदालतबाट म्याद थप गरी कठायत विरुद्ध परेको जाहेरी बमोजिमको उद्योग गरेको हो होईन भन्ने विषयमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान अघी बढाईने छ ।
विनु यादव कठायतकी भतिजी वुहारी थिईन । रामेछाप जिल्ला अदालतबाट यावव र उनका भतिजा प्रदीप कठायत विचको सम्बन्ध विच्छेत भइसकेको छ । सम्बन्ध कायम नभए पछि आवेगमा आएर विनुले अदालतमै विष सेवन गरेकी थिईन ।
अदालतको पेशी तारिककै दिन भैंसेश्वर स्थित घरमा काका ससुरा पर्ने पवन कठायतले जवरजस्ती करणी गर्ने प्रयास गरेको र आफु उम्कन सफल भएको भन्ने व्यहोराको जाहेरी प्रहरीमा परेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- २ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ३ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ४ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ५ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ६ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ७ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ८ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’













प्रतिक्रिया दिनुहोस