जवरजस्ती करणी गर्ने उद्योग गरेको अभियोगमा कठायत पक्राउ

रामेछाप । जवरजस्ती करणी गर्ने उद्योग गरेको अभियोगमा व्यवसायी पवन कठायत पक्राउ परेका छन् । उनलाई बुधबार मन्थली बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । कठायत रामेछाप नगरपालिका १ गाेठगाउँ निवासी हुन । उनले केहि बर्ष देखि रामेछापकाे मन्थलीमा व्यवसाय चलाउदै आएका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजुप्रसाद ढकालका अनुसार भतिजी वुहारी नाता पर्ने विनु यादवले भंैसेश्वर स्थित घरमा जवरजस्ती करणी गर्ने उद्योग गरेको अभियोग सहित प्रहरीमा किटानी जाहेरी दिएकी थिईन । जाहेरी पछि फरार रहेका कठायत मन्थली आएको सूचनाको आधारमा प्रहरीले बुधबार पक्राउ गरेको हो ।
ढकालका अनुसार रामेछाप जिल्ला अदालतबाट म्याद थप गरी कठायत विरुद्ध परेको जाहेरी बमोजिमको उद्योग गरेको हो होईन भन्ने विषयमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान अघी बढाईने छ ।
विनु यादव कठायतकी भतिजी वुहारी थिईन । रामेछाप जिल्ला अदालतबाट यावव र उनका भतिजा प्रदीप कठायत विचको सम्बन्ध विच्छेत भइसकेको छ । सम्बन्ध कायम नभए पछि आवेगमा आएर विनुले अदालतमै विष सेवन गरेकी थिईन ।
अदालतको पेशी तारिककै दिन भैंसेश्वर स्थित घरमा काका ससुरा पर्ने पवन कठायतले जवरजस्ती करणी गर्ने प्रयास गरेको र आफु उम्कन सफल भएको भन्ने व्यहोराको जाहेरी प्रहरीमा परेको थियो ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस