असक्तले पाए घरमै नागरीकता
रामेछाप – शारिरीक रुपमा अशक्त भएका कारण जिल्ला सदरममुकामको कार्यालयमा पुगेर नागरिकता लिन नसकेका सुनापति गाउ“पालिकाका ३ जना फरक क्षमता भएका व्यक्तिले मंगलबार जिल्ला प्रशासन कार्यालय रामेछापबाट पुगेका अधिकारीबाट घरमै नागरिकता प्राप्त गरेका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी गीता गुरुङ र प्रशासकिय अधिकृत सुनिता थापाले अशक्तहरुलाई घर दैलोमानै पुगेर नागरीक प्रमाण पत्र हस्तान्तरण गरी फर्केका हुन । सुनापति गाउ“पालिका ४ को वेथानका मिकमार तामाङ, मञ्जरी तामाङ र पेमाडोल्मा तामाङले घरमै नागरिकताको प्रमाण पत्र वुझेका छन् ।
जिल्लामा शारिरीक असक्तताका कारण नागरिकता प्रमाण पत्र लिन नसकेका व्यक्तिलाई जिल्ला सदरमुकाम सम्म ल्याउन लैजान हुने झण्झटका कारण घर दैलोमानै पुगेर नागरीकता वितरण गर्न थालेको प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडिले वताए । पहाडिका अनुसार यस अघी मन्थली नगरपालिका ५ सुनारपानीका गुञ्जन दमाई, जगेन्द्र खत्रि र ओमकुमार श्रेष्ठ तथा खा“डादेवि गाउ“पालिका ९ पिङ्खुरीकी पदममाया तामाङलाई समेत घरमै पुगेर नागरिकता प्रमाण पत्र वितरण गरीएको थियो ।
शारिरीक असक्त भएकाले राज्यबाट सामाजिक सुरक्षा भत्ता पाउने गर्छन् । तर नागरीकता प्रमाण पत्र विना उक्त भत्ता लिन कठिनाई वेहोर्दै आएका व्यक्तिहरुलाई जिल्ला प्रशासन कार्यालयको उक्त अभियानले राहत भएको मन्थली नगरपालिका ५ का वडा अध्यक्ष रविन कार्कीले वताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- २ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ३ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ४ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ५ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ६ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ७ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ८ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’













प्रतिक्रिया दिनुहोस