असक्तले पाए घरमै नागरीकता

रामेछाप – शारिरीक रुपमा अशक्त भएका कारण जिल्ला सदरममुकामको कार्यालयमा पुगेर नागरिकता लिन नसकेका सुनापति गाउ“पालिकाका ३ जना फरक क्षमता भएका व्यक्तिले मंगलबार जिल्ला प्रशासन कार्यालय रामेछापबाट पुगेका अधिकारीबाट घरमै नागरिकता प्राप्त गरेका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी गीता गुरुङ र प्रशासकिय अधिकृत सुनिता थापाले अशक्तहरुलाई घर दैलोमानै पुगेर नागरीक प्रमाण पत्र हस्तान्तरण गरी फर्केका हुन । सुनापति गाउ“पालिका ४ को वेथानका मिकमार तामाङ, मञ्जरी तामाङ र पेमाडोल्मा तामाङले घरमै नागरिकताको प्रमाण पत्र वुझेका छन् ।
जिल्लामा शारिरीक असक्तताका कारण नागरिकता प्रमाण पत्र लिन नसकेका व्यक्तिलाई जिल्ला सदरमुकाम सम्म ल्याउन लैजान हुने झण्झटका कारण घर दैलोमानै पुगेर नागरीकता वितरण गर्न थालेको प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडिले वताए । पहाडिका अनुसार यस अघी मन्थली नगरपालिका ५ सुनारपानीका गुञ्जन दमाई, जगेन्द्र खत्रि र ओमकुमार श्रेष्ठ तथा खा“डादेवि गाउ“पालिका ९ पिङ्खुरीकी पदममाया तामाङलाई समेत घरमै पुगेर नागरिकता प्रमाण पत्र वितरण गरीएको थियो ।
शारिरीक असक्त भएकाले राज्यबाट सामाजिक सुरक्षा भत्ता पाउने गर्छन् । तर नागरीकता प्रमाण पत्र विना उक्त भत्ता लिन कठिनाई वेहोर्दै आएका व्यक्तिहरुलाई जिल्ला प्रशासन कार्यालयको उक्त अभियानले राहत भएको मन्थली नगरपालिका ५ का वडा अध्यक्ष रविन कार्कीले वताए ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस