मन्थली नगरपालिकाको गढ रक्षा गर्दै फेरी एमाले विजयी


सविनकुमार श्रेष्ठ ।
रामेछाप । रामेछापको मन्थली नगरपालिकामा आफ्नो प्रभावलाई पुष्टि गर्दै नेकपा एमालेले नगर प्रमुख र उप प्रमुख दुवै सीटमा जित निकालेको छ । नगर प्रमुखमा नेकपा एमालेका लब श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ नेपाली कॉग्रेसका बिनोद कुमार कार्कीलाई पराजित गरी निर्वाचित भएका हुन ।
मूख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार श्रेष्ठले ९ हजार ७ सय १८ मत प्राप्त गरी नगर प्रमुख पदमा निर्वाचित हुदाँ उनका प्रतिस्पर्धि कॉग्रेसका कार्कीले ९ हजार १ सय २२ मत पाएका थिए । मतान्तरलाई अघिल्लो निर्वाचनको भन्दा घटाएका कार्कीले यस पटक पनि विजयको स्वाद चाख्न सकेनन् । कार्की अघील्लो निर्वाचनमा पनि मन्थली नगरपालिकामा एमालेकै उम्मेदवार रमेश वस्नेत संग पराजित भएका थिए । नगर प्रमुख पदमा निर्वाचित श्रेष्ठ एमालेका प्रदेश समिति सदस्य हुन । विद्यार्थी संगठन देखि राजनीतिमा सक्रिय श्रेष्ठले राजनीति सगैं सामाजिक क्षेत्रमा रहेर काम गर्दै आएका थिए । सरल स्वभावका श्रेष्ठ विकास र समुदायका समस्याका बारेमा सुझवुझ राख्ने युवा हुन । चुनावी प्रतिवद्धतामा उनले नगरका सेवाहरुलाई नागरीकको घर दैलो सम्म लैजान प्रविधिको सहयोग लिने वताएका थिए ।
उप प्रमुखमा एमालेकै इश्वरी वस्नेत निर्वाचित भएकी छिन् । वस्नेतले ९ हजार १ सय ६१ मत प्राप्त गरेकी छिन् । उनकी प्रतिस्पर्धि नेपाली कॉग्रेसकी यशोदा श्रेष्ठले ९ हजार ५४ मत प्राप्त गरेकी थिईन । वस्नेत शिक्षक पृष्ठभूमिबाट राजनीतिमा आएकी हुन । पराजित भएकी श्रेष्ठ भने यस अघी मन्थली नगरपालिकाको कार्यपालिका सदस्य थिईन ।
जिल्ला सदरमुकाम समेत रहेको मन्थलीमा एमालेले प्रमुख उप प्रमुख सहित ६ वटा वडामा विजय हासिल गरेको छ । नेपाली कांग्रेसले ६ वटा वडा, माओवादी केन्द्रले १ र एकिकृत समाजवादीले १ वडामा विजय हासिल गरेका छन् । मन्थली नगरपालिकामा यसअघी पनि एमाले विजयी भएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस