रामेछापको गोकुलगंगामा फराकिलो मतान्तरले काँग्रेस अघी
रामेछाप । रामेछापको गोकुलगंगामा नेपाली काँग्रेसको अग्रता कायमै छ । नेपाली काँग्रेसका उम्मेदवारहरुले सुरुवात देखिनै फराकिलो अग्रता कायमै राखेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार गोकुलगंगा १ चुचुरेको मतगणना अन्तिम चरणमा पुगेको छ । मतगणनामा नेपाली काँग्रेसबाट गाउँपालिकाका उम्मेदवार काजिवहादुर खड्का दिनेशले ६ सय ३८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका खड्गवहादुर सुनुवारले ५ सय ९ मत पाएका छन् ।
त्यसैगरी उपाध्यक्षमा नेपाली काँग्रेसकी उषा कार्कीले ६ सय ८२ मत पाएकी छिन् । उनकी प्रतिस्पर्धि एमालेकी राधिका नेवारले ४ सय ६६ मत पाएकी छिन् । वडा अध्यक्षमा काँग्रेसका उम्मेदवारको ६ सय र एमालेका उम्मेदवारको ५ सय २ मत आएको छ । सदस्यहरुमा पनि काँग्रेसकै उम्मेदवार भारी मतले अघी रहेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- २ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ३ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ४ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ५ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ६ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ७ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ८ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’













प्रतिक्रिया दिनुहोस