रामेछापको गोकुलगंगामा फराकिलो मतान्तरले काँग्रेस अघी

रामेछाप । रामेछापको गोकुलगंगामा नेपाली काँग्रेसको अग्रता कायमै छ । नेपाली काँग्रेसका उम्मेदवारहरुले सुरुवात देखिनै फराकिलो अग्रता कायमै राखेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार गोकुलगंगा १ चुचुरेको मतगणना अन्तिम चरणमा पुगेको छ । मतगणनामा नेपाली काँग्रेसबाट गाउँपालिकाका उम्मेदवार काजिवहादुर खड्का दिनेशले ६ सय ३८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका खड्गवहादुर सुनुवारले ५ सय ९ मत पाएका छन् ।
त्यसैगरी उपाध्यक्षमा नेपाली काँग्रेसकी उषा कार्कीले ६ सय ८२ मत पाएकी छिन् । उनकी प्रतिस्पर्धि एमालेकी राधिका नेवारले ४ सय ६६ मत पाएकी छिन् । वडा अध्यक्षमा काँग्रेसका उम्मेदवारको ६ सय र एमालेका उम्मेदवारको ५ सय २ मत आएको छ । सदस्यहरुमा पनि काँग्रेसकै उम्मेदवार भारी मतले अघी रहेका छन् ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस