• काेसिस न्यूज
  • सुनकोशी मरिण डाईभर्सन आयोजना
    निर्धारित मूआव्जामा प्रभावित क्षेत्रका बासिन्दाको असन्तुष्टि


    रामेछाप । घर बास उठाउने सुनकोशी मरिन डाईभर्सन आयोजनाले अन्यत्र वसोवास गर्न पुग्ने पैसा दिन्छ भनेर ढुक्क भएका तामकोशी र सुनकोशी किनारमा माझीहरु अहिले खिन्न भएका छन् । ‘ धर्म संस्कृति र सभ्यताका कारण चलन चल्तिको मूल्य दिएपनि पूर्खा देखि वसोवास रहेको थातथलो छोड्न गाह्रो हुन्छ’ स्थानीय वृहस्पति माझी भन्छन् – यहां बाट बास उठाउने सरकारले अन्यत्र घडेरी किन्ने पैसा पनि दिएन, अव कता जानु ? ।
    मुआव्जाको चित्त नवुझेपछि माझीहरुलाई फड्को भएको छ । सुनकोशी मरिण डाईभर्सन आयोजना धोका हो माझी भन्छन् – हामीलाई गुमराहमा राखेर मुआव्जा निर्धारण भयो । जग्गाको मूआव्जा निर्धारण गर्दा कौडीको भाउ दिने निर्णय भएको भन्दै प्रभावित क्ष्ँेत्रका बासिन्दाले शुक्रबार रामेछापको मन्थलीमा प्रदर्शन समेत गरे । प्रदर्शनमा नारा लाग्यो – स्थानीय प्रशासन आँखा खोल ।
    मूआव्जा निर्धारण समितिको बैठकको निर्णय प्रति आपत्ति जनाउदै प्रभावित क्ष्ँेत्रका बासिन्दाले मूआव्जा रकम पुनारावलोकन गर्न माग गर्दै अन्यथा सट्टा जग्गा पाउनु पर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा पुगेर विरोध पत्र वुझाए । त्यतिले मात्र उनिहरुको चित्त वुझेको छैन । उक्त निर्णयका विरुद्ध कानुनी लडाईमा जाने योजनामा डुबान प्रभावित छन ।
    रामेछापका प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडिको अध्ययक्षतामा फागुन ८ गते बसेको मूआव्जा निर्धारण समितिको बैठकले सुनकोशी मरिन डाईभर्सन आयोजनाका कारण डुबानमा पर्ने जग्गाको मूआव्जा निर्धारण गरी प्रभावित क्ष्ँेत्रका बासिन्दालाई मुआव्जा वुझ्न बुधबार सूचना जारी गरेको थियो । उक्त समितिले जग्गाको भौगोलिक अवस्था, मालपोतको मूल्यांकन, किनबेच समेतको आधारमा प्रति रोपनी ७ लाख ५० हजार देखि ११ लाख ५५ हजार सम्म मूआव्जा निर्धारण गरेको थियो । त्यस अघी सहायक प्रमुख जिल्ला अधिकारी गीता गुरुङको संयोजकत्वमा रहेको घर जग्गा मूल्यांङ्कन उप समितिले विभिन्न चरणमा अध्ययन गरी फागनु ८ मा समितिलाई प्रारम्भिक प्रतिवेदन वुझाएको थियो ।
    सुनकोशी मरिन डाईभर्सनले रामेछापको मन्थली नगरपालिका ६ मा पर्ने सिल्लीबजार, बेनी, मसानटार, रजगाउ, हातिटार र खांडादेवि गाउंपालिकाको पुछिघाट सम्मको जग्गा आंशिक रुपमा डुबानमा पर्छ । सुनकोशी मरिन डाईभर्सन आयोजनाका सिनियर डिभिजनल हाईड्रोजियोलोजिष्ट विश्वबन्धु केसीका अनुसार तामाकोशी र सुनकोशी किनारमा पर्ने ४ सय ८७ रोपनी जग्गा डाईभर्सनका कारण डुबानमा पर्नेछ । उक्त क्ष्ँेत्रमा करिव ९ वटा घरगोठलाई समेत क्ष्ँतिपूर्ति दिने गरी निर्णय भएको छ ।
    राष्ट्रिय गौरबको आयोजना सुनकोशी मरिण डाईभर्सन आयोजना निर्माण हुदा परापूर्व देखि माझी जातिको बसोबास रहेको क्ष्ँेत्र डुवानमा पर्ने हुदा जातिय संस्कृति , कला र पेशा संकटमा पर्ने जनाउदै उक्त आयोजना निर्माण हुन नदिने भन्दै रामेछापका माझी जाति यसअघी देखिनै आन्दोलित हुदै आएका थिए । माझी जातिको नदी संगको सम्बन्ध कुनै क्ष्ँतिपूर्तिले किन्न नसक्ने भन्दै संघर्ष समितिका बृहस्पति माझीले प्रमुख जिल्ला अधिकारीको अध्यक्ष्ँतामा भएको बैठकले निर्धारण गरेको मूआव्जाले माझीहरुलाई थप चोट पु¥याएको वताए ।
    सुनकोशीको पानीलाई महाभारत पर्वत भित्र सुरुङ खनेर सिन्धुली जिल्लाको कुशुमटारमा पु¥याई २८ मेघावाट विद्युत उत्पादन गर्ने र त्यसपछि उक्त पानी बाग्मति नदीमा लगेर तराईका जिल्लामा सिंचाई सुविधा उपलव्ध गराउने गरी यस बर्ष देखि आयोजनाको काम थालिएको छ । सिन्धुली तर्फ पर्ने जग्गाको मूआव्जा निर्धारण गरी यस अघीनै वितरण गरेपनि रामेछाप तर्फको मूआव्जा निर्धारण ढिलाई भएको थियो । रामेछाप र सिन्धुली जिल्लाको सिमा नदी सुनकोशीमा बांध निर्माण कार्य भने सूरु भएको छैन् । आयोजनाको सुरुङ निर्माणको तयारीमा आयोजना जुटेको केसीले वताए ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस