• काेसिस न्यूज
  • खस्कीयो ढाकाको उत्पादन


    रामेछाप । दुइृ दर्जन भन्दा बढी ढाका उद्योग रहेको रामेछापमा ढाका कपडाको उत्पादन भने हरेक बर्ष गिर्दो अवस्थामा छ । चालु अवस्थामा रहेका भनिएका उद्योगहरुले पनि नविकरण मात्र गर्दै आएका छन् । नविकरण गराएका उद्योगको उत्पादन छैन ।
    घरेलु तथा साना उद्योग कार्यालय रामेछापको तथ्याङ्कमा रामेछापमा दर्ता भएका ढाका उद्योगको संख्या २८ वटा रहेकोछ । ति मध्ये ९ वटाले मात्र उद्योग नविकरण गरेका छन् । नविकरण गरेका उद्योगमा पनि ढाकाको उत्पादन हुने गर्दैन् ।
    भुकम्प पछि ढाका उद्योग धरासायी भयो मन्थलीमा कोशेलीको रुपमा रामेछापको ढाका लाई विक्री वितरण गर्दै आएका ढाका व्यवसायी शेरवहादुर लाङ्घाली मगर भन्छन – अव बन्नु पर्ला । मगरले मन्थलीमा आफ्नै तान संचालन गरेका थिए । भुकम्प पछि ढाका उद्योग चलाएका छैनन् । जिल्लामा रहेका उद्योग र अन्य जिल्लाको ढाका ल्याएर उनले ढाका कपडाको पसल संचालन गर्दै आएका छन् ।
    जिल्लामा उत्पादन भएको ढाकाले राम्रो वजार पाएको थियो । कारागार भित्रका कैदी वन्दीले गुणस्तरिय ढाका उत्पादन गरेर मनग्यै आर्जन गर्ने गरेकोमा हाल कारागार भित्रका ढाका तान पनि थन्किएका छन् । भुकम्प अघी सम्म कारागारमा ढाका वन्ने गरीन्थ्यो ।
    जिल्लामा उत्पादन भएको ढाका कपडाको बजार जिल्लामानै थियो । लाङघाली भन्छन – अहिले पूर्वेली र पाल्पाको ढाका ल्याएर व्यापार चलेको छ । ‘रामेछापको ढाका खोज्न आउछन ’ उनी भन्छन – पु¥याउन सकेको छैन । कोशेली र चिनोका रुपमा ‘रामेछाप’ लेखेको ढाका धेरै रुचाउनेमा पर्छ । अहिले केहि मात्रामा ढाकाको सल, जुवारीकोट, रुमाल र महिलाले बोक्ने हाते झोला वन्ने गरीएको छ । उक्त सामाग्री पनि रुचाइएकामा पर्छन् ।
    घरेलु तथा साना उद्योग विकास समिति, लघु उद्यम विकास समिति र स्थानीय सरकारले ढाका उद्योग प्रबद्र्धनका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएका छन् । तालिम, अनुदानमा तान र धागो जस्ता सामाग्री उपलव्ध गराइएको घरेलु तथा साना उद्योग कार्यालयका निरज खड्काले वताए ।
    रामेछाप नगरपालिका ४ हिमगंगाकी ढाका उत्पादक मैया तामाङ भुकम्प र कोभिडका कारण व्यवसाय चौपट भएको वताउछिन् । पहिले भुकम्प आयो, तानै कता पुग्यो बल्ल बौरीएका थियौं कोभिड भयो तामाङले भनिन् – ‘अहिले भर्खर जुर्मुराएका छौं , केहि महिलाहरु समेटेर फेरी तान चलाउन थालेका छौं ।


    क्याटेगोरी : अर्थ, समाचार

    प्रतिक्रिया दिनुहोस