नगरपालिकाको स्थापना दिवसमा विविध कार्यक्रम
रामेछाप । मन्थली नगरपालिकाले राजनीतिक शिर्ष पुरुष तथा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक भुतपूर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीको शालिक स्थापना गरेको छ ।
नगरपालिकाको प्रवेशद्वार अघी निर्माण भएको उक्त पूर्णकदको शालिकको मन्थली नगरपालिका स्थापना दिवसको अवसर पारेर नगर प्रमुख रमेशकुमार वस्नेतले बिहिबार अनावरण गर्नुभएको छ । शालिक निर्माणका लागि नगरपालिकाले १३ लाख रुपैया“ बिनीयोजन गरेको थियो ।
यसैगरी मन्थली नगरपालिकाको स्थापना दिवसकै अवसरमा नगरपालिकाको प्रशासकिय भवनको समेत नगर प्रमुख वस्नेतले बिहिबारनै उद्घाटन गर्नुभएको छ । करिव ४ बर्ष लगाएर भवन निर्माणको काम पुरा भएको हो । नगर पालिकाले सुविधा सम्पन्न सभाहल, बैठक कक्ष लगाएत दैनिक प्रशासनिक कार्य सोहि भवनबाट संचालन हुन थालेको छ ।
नगरपालिका स्थापना दिवसको अवसरमा बिहिबार नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगर प्रमुख वस्नेतले नगरपालिकाले सॉढे चार बर्षको अवधिमा संचालन गरेका विभिन्न क्रियाकलापहरुबाट भएका उपलव्धीहरुको फेहरिस्त प्रश्तुत गर्नुभएको थियो । आगामी दिनमा संचालन गरीने कार्यक्रमका साथै नगरपालिकाका चुनौति हरु समेत वस्नेतले सभामा उल्लेख गर्नुभयो ।
वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडि, प्रमखु प्रशासकिय अधिकृत लिलाराज पौडेल, नेपाली कांग्रेसका शंकरप्रसाद अधिकारी, एमालेका रामबाबु वस्नेत, माओवादी केन्द्रका दिपक प्रसाई, एकिकृत समाजवादीका गणेशबाबु खड्का, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष बद्री नयांघरे, रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशवप्रसाद घिमिरे, गैससका जिल्ला अध्यक्ष भुवन श्रेष्ठ, वडा अध्यक्ष केशवकुमार रोका लगाएतले नगरपालिकाले हाल सम्म गरेका उपलव्धि र भावि योजनाका बारेमा चर्चा गर्नुभएको थियो ।
स्थापना दिवसका अवसरमा नगरपालिका भित्रका विभिन्न शाखा उप शाखामा रहेर उत्कृष्ठ कार्य गर्ने कर्मचारी, टोल विकास संस्थाका अध्यक्ष, जग्गा दाता र उत्कृष्ठ सामाजिक कार्यगर्ने संघ संस्थाका प्रतिनिधि र उत्कृष्ठ विद्यार्थी लाई पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरीएको थियो । २०७१ सालमा गठन भएको नगरपालिकाले गत बर्ष देखि स्थापना दिवस मनाउन थालेको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ अमेरिकामा दशैंको रौनक , एनआरएनएका नेता सुवेदी सँग तीन सयभन्दा बढीले गरे टिका ग्रहण
- २ राष्ट्रपति समक्ष महिला आयोगको प्रतिवेदन पेश
- ३ काठमाडौंबाट सिन्धुली जाँदै गरेकाे बस रामेछापमा दुर्घटना हुदा एकजनाकाे मृत्यु १० जना घाइते
- ४ राष्ट्रपति पाैडेलद्वारा नवनियुक्त प्रध्यानन्यायधीशकाे सपथ ग्रहण
- ५ बाढी प्रभावित माझी बस्तिमा डा. सैयदद्वारा खाद्यान्न सामग्री वितरण
- ६ मन्थली काठमाण्डौं नियमित उडान सुरु
- ७ रामेछाप जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने सिफारिस
- ८ रामेछाप ,दाेलखा हुँदै काठमाडौ सडक संचालनमा
प्रतिक्रिया दिनुहोस