• काेसिस न्यूज
  • खाँडादेवि केबलकार निर्माण योजना अलपत्र


    रामेछाप । बाग्मती प्रदेश सरकारले बिपी रामार्गको रातामाटा देखि रामेछापको प्रशिद्ध शक्तिपिठ खाँडादेवि मन्दिर सम्म केबल कार हाल्ने योजना अलपत्र परेको छ । बाग्मती प्रदेश सरकारले खाँडादेविमा केबलकार हाल्ने योजना अघी सारेको थियो ।
    रातामाटा देखि खाँडादेवि मन्दिर सम्म पुग्ने केबल कारका लागि बाग्मती प्रदेश सरकारले प्रारम्भिक प्राविधिक प्रतिवेदन समेत तयार पारेको छ । प्रतिवेदनले उक्त कार्यका लागि करिव साँढे २ अरब लगानी लाग्ने अनुमान गरेको छ । झण्डै ९ किलोमिटर लामो उक्त केबलकार निर्माणका लागि बाग्मती प्रदेश सरकारले लगातार २ बर्ष बजेट विनीयोजन गरेको थियो ।
    मन्दिर रहेको रामेछापको खाँडादेवि गाउंपालिकाका अध्यक्ष प्रेमवहादुर तामाङले सरकारले लगानीमा केबल कार निर्माण गर्न नमिल्ने भएकाले उक्त केबलकारको भविष्य अन्यौल रहेको वताए । ‘सरकारी लगानी नहुने भएकाले हामी निजी क्षेत्रको लगानी खोजि रहेका छौं’ तामाङले भने – यस विषयमा निजी क्षेत्र संग दुई तीन पटक कुरा भइसकेको छ ।
    एतिहासिक र पुरातात्विक महत्वको खाँडादेवि मन्दिरमा जे मनोकाँक्षा गरे पनि पुरा हुने विश्वास छ । रामेछापका अतिरिक्त आसपासका जिल्लाका धर्मावलम्बिहरु उक्त मन्दिरमा पुजा अर्चनाका लागि आउने गर्छन् । मन्दिरमा नियमित पुजा हुन्छ । बडा दशैं र चैते दशैंमा उक्त मन्दिरमा पञ्चवलि दिने चलन छ । भाकलको पञ्चबलि अघीपछि पनि हुन्छ ।
    पालिकाका अध्यक्ष तामाङका अनुसार मनकामना केवलकार र चन्द्रागिरी केबल कार संचालन गर्ने पक्ष संग खाँडादेविमा केबलकार निर्माणका लागि कुराकानी भएको तर उक्त पक्ष दुवैले खाँडादेविमा सडक सुविधा भएकाले लगानी नउठ्ने हो कि भन्ने मनसाय व्यक्त गरेको छ । ‘तपाईहरुले मन्दिर नजिकै कालोपत्रे सडक लैजानु भएकाले केबलकारको लगानी उठाउन गाह्रो होला कि ? भनेर भन्नु भएको छ ’ तामाङले भने – त्यसैले निजी क्षेत्रको लगानीको बारेमा पनि टंगोमा पुग्न सकिएको छैन ।
    विपी राजमार्गको रातामाटा देखि खाँडादेवि गाउँपालिका तर्फको सडक कालोपत्रे भइसकेको छ । कालोपत्रे सडकबाट मन्दिर केहि मिनेटमै पुग्न सकिने भएकाले दर्शनार्थीलाई मन्दिर दर्शन सहज वनेको छ । विपी राजमार्गबाट झण्डै आधा खण्टामा मन्दिरमा पुग्न सकिने तामाङले वताए ।
    गएको निर्वाचनमा एमालेका उम्मेदवार कैलाश प्रसाद ढुंगेलले खाँडादेवि मन्दिर सम्मको केबलकार निर्माण गर्ने घोषणा पत्र सार्वजनिक गरेका थिए । निर्वाचनमा विजयी भएपछि बाग्मती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री भएका उनले केबलकारको संभ्यायता अध्ययन सम्म लगाएका थिए । ढुंगेलको चुनावी नारा रातामाटा देखि खाँडादेवि खाँडादेवि देखि दोरम्बा हुदै शैलुङ सम्म केवल कार निर्माण गर्ने थियो । धेरैले उक्त योजना महत्वाकांक्षी भएको टिप्पणी गरेका थिए ।


    क्याटेगोरी : अर्थ, समाचार

    प्रतिक्रिया दिनुहोस