• काेसिस न्यूज
  • प्रधानमन्त्री देउवाद्वारा मुगु घटना प्रति दु:ख व्यक्त, मृतक परिवारलाई उचित राहतकाे व्यवस्था गर्ने घाेषणा


    काठमाडौ – मुगु कास्की र अछाममा भएको बस दुर्घटना प्रति प्रधानमन्त्री शेरबहादुर देउवाले दु:ख व्यक्त गरेका छन्। प्रधानमन्त्री देउवाले अाफ्नाे फेसबुक पेजमा घटना प्रति दु:ख व्यक्त गर्दै घटनामा परि ज्यान गुमाउनेकाे परिवारलाई उचित राहतकाे व्यवस्था गर्ने बताउदै घाइतेहरुकाे उपचार निशुल्क गरिने उल्लेख गरेकाे छ ।

    दुर्घटना परि ज्यान गुमाउनेहरुको संख्या ३२ पुगेको छ । जस्मा घटनास्थलमै २४ जनाको ज्यान गएको थियो भने ४ जनाको उपचारका लागि लैजाँदै गर्दा ज्यान गएको थियो । त्यस्तै, ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
    उक्त बस छायानाथ रारा नगरपालिका–७ पिनाटपाने खोलामा दुर्घटना भएको थियाे । चालकसहित ज्यान गुमाउनेको संख्या ३२ पुगेको प्रहरीले जानकारी दिएको छ ।
    शेरबहादुर देउवाले सामाजिक संजालमा यसरी उल्लेख गरेका छन् ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस