४७ औँ पुष्पलाल स्मृतिमा रामेछापमा विविध कार्यक्रम
रामेछाप – नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा रामेछापको भंगेरीमा विविध कार्यक्रम गरि मनाइएको छ ।
दिवसका अवसरमा कृषकलाई सम्मान तथा सांस्कृतिक कार्यक्रम गिएकाे हाे ।
नेकपा (एमाले) जिल्ला कमिटी रामेछाप र राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल, बागमती प्रदेश समितिको संयुक्त आयोजना तथा नेकपा (एमाले) रामेछाप नगर कमिटीको व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम नेकपा (एमाले) रामेछाप जिल्ला अध्यक्ष पुरुषोत्तम कँडेरियाको अध्यक्षतामा, पार्टी स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश कमिटी इञ्चार्ज डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा भएकाे थियाे । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य माधव ढुंगेल, राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको केन्द्रीय अध्यक्ष भूमिका सुब्बा, प्रदेश कमिटीका नेताहरू, जनसांस्कृतिक महासंघका नेता प्रतिनिधिहरू, विभिन्न तहका पार्टी नेता–कार्यकर्ता, जनसंगठनको नेता–कार्यकर्ता, कलाकार, पत्रकार, सामाजिक अगुवाहरू तथा स्थानीय जनसमुदायको उल्लेख्य उपस्थिति रहेको थियो।
संस्थापक महासचिव समेत रहेका पुष्पलालकाे जन्मस्थान भंगेरीमा रहेकाे सालिकमा माल्यार्पण गरी स्मरण गरिएकाे थियाे । साेही अवसरमा पशुपालन कृषि उद्यमी उमेश विक्रम थापा र कृषि फलफुल नर्सरी उद्यमी राम बहादुर साही दुबैजनालाई प्रोत्साहनका लागि नगद सहित सम्मान गरिएको छ।
कार्यक्रममा नेताहरुले पुष्पलाल श्रेष्ठको योगदानको स्मरण गरेका थिए । कम्युनिष्ट पार्टी र देशमा समाजवाद उन्मुख जनताको पार्टी निर्माणमा उनको भूमिका चर्चा गरेका थिए । साथै विविध सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रम व भव्य रूपमा सम्पन्न भएकाे पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राकेश श्रेष्ठले जानकारी दिए ।

क्याटेगोरी : राजनीति, विविध, समाचार
ताजा अपडेट
- १ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- २ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ३ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ४ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ६ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ७ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ८ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ













प्रतिक्रिया दिनुहोस