• काेसिस न्यूज
  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ


    रामेछाप – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख २० हजार सहयोग गरेको भन्दै नक्कली बैंक स्टेटमेन्ट तयार गरी सामाजिक सञ्जालमा प्रचार गर्ने एक व्यक्ति पक्राउ परेका छन्। गोकुलगंगा गाउँपालिका–२ ठोसेका ३२ वर्षीय भगवान् कार्कीलाई आईतवार प्रहरीले पक्राउ गरेकाे हाे ।

    प्रहरीका अनुसार यही भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धार तथा राहत संकलनका लागि नेपाल सरकारद्वारा जारी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले रु. १ लाख २० हजार सहयोग गरेको भन्दै कार्कीले ChatGPT को प्रयोग गरी नक्कली स्टेटमेन्ट तयार गरेका थिए।
    उनले उक्त नक्कली स्टेटमेन्टमा आफ्नो क्यूआर कोडसमेत राखी सामाजिक सञ्जालमा पोस्ट गरेको प्रहरीको भनाइ छ।

    उक्त कार्यबारे जानकारी पाएपछि प्रहरीले कार्कीलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय रामेछापका सुचना अधिकारी प्रहरी निरक्षक कमल राउतले जानकारी दिए ।

    पक्राउ परेका कार्की रास्वपा सदस्य समेत रहेका छन् ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस


    थप समाचार