लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
रामेछाप – जिल्ला प्रहरी कार्यालय रामेछापले लागू पदार्थ सेवन गरी सवारी साधन चलाउने दुई चालकलाई पक्राउ गरेको छ। बढ्दो सवारी दुर्घटना रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सार्वजनिक सवारी साधनका चालकहरूको लागू पदार्थ सेवन जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय रामेछाप, जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछाप र मन्थली अस्पतालको संयुक्त आयोजनामा मन्थली नगरपालिका–१ रामनारायण चोकमा सार्वजनिक सवारी साधनका चालकहरूको लागू पदार्थ सेवन जाँच गरिएको थियो। जाँचका क्रममा लागू पदार्थ सेवन गरी सवारी चलाएको पाइएपछि दुई चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
पक्राउ पर्नेमा तामाकोशी गाउँपालिका–२ डाँडागाउँका दाेलखाका ३७ वर्षीय सन्जु कार्की रहेका छन् । कार्की बा.प्र. ३–०१–००५ ख ९५०७ नम्बरको बसका चालक हुन्। त्यस्तै,कमलामाई नगरपालिका–११ ठूलो तेर्से सिन्धुलीका २२ वर्षीय सुरेश माेक्तान पक्राउ परेका छन्। माेक्तान मधेस प्रदेश ०३–००१ त ९९३८ नम्बरको ट्याक्टर चालक रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका चालकहरूलाई रामेछाप जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक तथा निजी सवारी साधनका चालकहरूको लागू पदार्थ सेवन जाँचलाई निरन्तरता दिने जनाएको छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- २ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ३ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ४ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ५ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ६ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ७ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ८ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न













प्रतिक्रिया दिनुहोस