अपांगताका कारण कुनैपनि नागरिक अनागरिक हुन पर्दैन : प्रजिअ थापा
रामेछाप – रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले कुनैपनि नागरिक अपांगता भएकै कारण अनागरिक हुन नपर्ने बताए । मंगलबार ४९ वर्षीय शान्ती बुढालाई घरमै पुगेर नागरिकता प्रदान गर्दै प्रजिअ थापाले अपांग भएकै कारण काेहीपनि नेपाली नागरिक अनागरिक हुन नपर्ने बताएका हुन् ।
अपांगता भएकै कारण ओछ्यानमै थलिएकी मन्थली नगरपालिका १३ की शान्तिलाई नागरिकता प्रदान गर्दै प्रजिअ थापाले भने ” कानुनी रुपमा आवस्यक कागजात र प्रकृया पूरा गरेर आए कुनैपनि नागरिक नागरिकता बिहिन हुन पर्दैन” । यस्तै किसिमकाे समस्या भएर नागरिकता लिन नसकेका नागरिक नागरिकता पाउन र सरकारले प्रदान गर्ने अन्य सेवा सुविधाबाट बन्चित हुनु पर्दैन ।”
बाल्यकालदेखि नै एउटै ओछ्यानमा थलिएकी मानसिक तथा शारीरिक रुपमा अशक्त शान्तीलाई मंगलबार प्रजिअ थापाले घरमै पुगेर नागरिकता दिलाएका छन् । जिल्ला प्रशासन सम्म जान नसकेर ४९ वर्षकाे उमेरसम्म नागरिकता प्राप्त गर्न नसकेकी शान्तिलाई जिल्ला प्रशासनकाे टाेलीले घरमै पुगेर नागरिकता थमाइ दिएपछि शान्तिकी आमा मनकुमारी बुढा खुसिले गदगद हुँदै भनिन् “अब अपांग कार्ड पनि पाइने र सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता पनि पाइनेमा आशा पलायाे ।”मलाई धेरै खुसि लागेकाे छ,
प्रमुख जिल्ला अधिकारीलाई धेरै धन्यवाद ।
यसअघि शान्तिका काका गाेकर्ण बुढाथोकीले स्थानिय जनप्रतिनिधिलाई पटक- पटक अनुराेध गर्दापनि नागरिकता पाउन नसकेकी दु:खेसाे गरे ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस