अपांगताका कारण कुनैपनि नागरिक अनागरिक हुन पर्दैन : प्रजिअ थापा
रामेछाप – रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले कुनैपनि नागरिक अपांगता भएकै कारण अनागरिक हुन नपर्ने बताए । मंगलबार ४९ वर्षीय शान्ती बुढालाई घरमै पुगेर नागरिकता प्रदान गर्दै प्रजिअ थापाले अपांग भएकै कारण काेहीपनि नेपाली नागरिक अनागरिक हुन नपर्ने बताएका हुन् ।
अपांगता भएकै कारण ओछ्यानमै थलिएकी मन्थली नगरपालिका १३ की शान्तिलाई नागरिकता प्रदान गर्दै प्रजिअ थापाले भने ” कानुनी रुपमा आवस्यक कागजात र प्रकृया पूरा गरेर आए कुनैपनि नागरिक नागरिकता बिहिन हुन पर्दैन” । यस्तै किसिमकाे समस्या भएर नागरिकता लिन नसकेका नागरिक नागरिकता पाउन र सरकारले प्रदान गर्ने अन्य सेवा सुविधाबाट बन्चित हुनु पर्दैन ।”
बाल्यकालदेखि नै एउटै ओछ्यानमा थलिएकी मानसिक तथा शारीरिक रुपमा अशक्त शान्तीलाई मंगलबार प्रजिअ थापाले घरमै पुगेर नागरिकता दिलाएका छन् । जिल्ला प्रशासन सम्म जान नसकेर ४९ वर्षकाे उमेरसम्म नागरिकता प्राप्त गर्न नसकेकी शान्तिलाई जिल्ला प्रशासनकाे टाेलीले घरमै पुगेर नागरिकता थमाइ दिएपछि शान्तिकी आमा मनकुमारी बुढा खुसिले गदगद हुँदै भनिन् “अब अपांग कार्ड पनि पाइने र सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता पनि पाइनेमा आशा पलायाे ।”मलाई धेरै खुसि लागेकाे छ,
प्रमुख जिल्ला अधिकारीलाई धेरै धन्यवाद ।
यसअघि शान्तिका काका गाेकर्ण बुढाथोकीले स्थानिय जनप्रतिनिधिलाई पटक- पटक अनुराेध गर्दापनि नागरिकता पाउन नसकेकी दु:खेसाे गरे ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस