खुर्काेट पुल निर्माण सकेर काठमाडौं फर्किए : राज्यमन्त्री तामाङ
रामेछाप – गत असाेज १२ गतेकाे बाढीले बगाएकाे खुर्काेटकाे पुलमा बेलिब्रीज निर्माण सकेर उर्जा जलश्रोत तथा सिंचाई राज्य मन्त्री पूर्णवहादुर तामाङ ( कान्छाराम ) आईतबार काठमाण्डौं फर्किएका छन् ।
सुनकोशी नदीमा आएकाे बाढीले बगाएकाे खुर्कोटकाे मोटरेबल पुलको रामेछाप तर्फको भाग बगाएको थियो ।
पुल बगेपछि रामेछाप जिल्ला राजधानी र तराईका जिल्लाको सम्पर्क टुट्न पुगेकाे थियो । खुर्कोट पुल बगेपछि बैकल्पिक सडकको रुपमा सित्खाको पुल भएर काठमाण्डौं र तराई जान बाध्य भएका रामेछापेलीले मंगलबार देखि खुर्कोटको पुलबाटनै सहज यात्रा गर्न पाउने भएका छन् ।
जिल्लाको लाईफलाईनको रुपमा रहेको उक्त पुल बगेपछि उक्त स्थानमा बेलिब्रीज राख्ने र सो बेलिब्रीजको निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिनका लागि सरकारको निर्णय गराउन देखि पुल निर्माणकाे सामाग्री व्यवस्थापन गर्न, खुर्कोट आएका राज्य मन्त्री तामाङ आईतबार पुल निर्माण पुरा भएपछि मात्र काठमाण्डौं फर्केका हुन् । उनले यश अघि खुर्कोटको बेलिब्रीज तयार नभए सम्म काठमाण्डौं नफर्कने बताएका थिए ।
खुर्कोटमा रहेको सुनकोशी नदीको पुल राख्ने रामेछाप तर्फको जग आसपासको ग्याबियन लगाएतको निर्माण कार्यमा राज्यमन्त्री आफैल सक्रिय भएर श्रम गरेका थिए । श्रममा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र अन्य जनप्रतिनिधि समेत सामेल थिए । पुल निर्माणका लागि कुनै पनि कुराको कमी हुन नदिन राज्यमन्त्री तामाङले नेपाली सेना र स्थानीय सरकारसंग आवश्यक समन्वय गरेका थिए ।
दशैंको टीका लगाएपछि राज्यमन्त्री तामाङ टिकाकाे दोश्रो दिन देखिनै खुर्कोटको पुल निर्माणलाई तिव्रता दिन निर्माण स्थलमा पुगेका थिए ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- २ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ३ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ४ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ५ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ६ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ७ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ८ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई













प्रतिक्रिया दिनुहोस