संविधान सभा सदस्य दालकुमारीकाे निधन
रामेछाप – संविधान सभा सदस्य दालकुमारी सुनुवारकाे निधन भएकाे छ । रामेछापको उमाकुण्ड ६ गुप्तेश्वर निवासी सुनुवारको शनिबार निभन भएकाे हाे ।
जिल्लामा साहसी महिला एंव समाजसेवी भनेर पहिचान बनाएकी दालकुमारीकाे नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा उपचारको क्रममा निधन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापका अध्यक्ष भरत वाइबाले जानकारी दिए ।
दालकुमारी राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सल्लाहकार समितिकी सदस्य तथा सुनुवार सेवा समाजकी सङ्घीय सल्लाहकार समितिकी सदस्य हुन ।
उनी लामो समय देखि थाइराईड क्यान्सरबाट पिडित थिईन । उनकाे उपचार केही समय देखि नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा गराइँदै आएको थियो ।
दालकुमारीकाे अन्तिम श्रद्धाञ्जलीकाे लागि उनकाे पार्थिव शरीर आइतबार १० बजे राप्रपाको केन्द्रीय कार्यालयमा र दिउँसो १२ बजे पशुपतिको आर्यघाटमा लगर अत्यष्टी गरिने कार्यक्रम तय भएको जिल्ला अध्यक्ष वाइबाले जानकारी दिए ।
यसै बिच राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला समिति रामेछापले शनिवारै एक विज्ञप्ति प्रकाशित गरी स्वर्गीय दालकुमारी सुनुवारको निधनले सिङ्गो पार्टी र जिल्लालाइ ठुलाे क्षति पुगेको जनाएको छ । पार्टी अध्यक्ष भरत वाईवले विज्ञप्ति जारी गर्दै दालकुमारीकाे निधनले पार्टी र देशकालागि ठुलाे क्षेति पुगेकाे उल्लेख गर्दै शाेक दिवंगत आत्माकाे चिरशान्तिकाे कामना गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस