महिला कर्मचारीलाई दुर्व्यवहार गरेकाे आराेपमा बन अधिकृत विरुद्ध उजुरी
रामेछाप – डिभिजन बन कार्यालय रामेछापका अधिकृत रामशरण गाैतमले आफ्नै कार्यालयकाे महिला कर्मचारीमाथि दुर्व्यवहार गरेकाे आराेपमा बन मन्त्रालयमा उजुरी परेकाे छ ।
अधिकृत गाैतमले कार्यालयमा कार्यरत महिला कर्मचारीमाथी दुर्व्यवहार गरेकाे भन्दै एक महिला कर्मचारीले नाम सार्वजनिक नगर्ने गरि बेनामी उजुरी दर्ता गरेकी हुन । उनले बन मन्त्रालयमा उजुरी दिएर बन तथा वातावरण मन्त्रालय बागमती प्रदेश र जिल्ला प्रशासन कार्यालय रामेछापमा बाेदार्थ दिएपछि साे घटना सार्वजनिक भएकाे हाे ।
अधिकृत गाैतमले महिला कर्मचारीकाे म्यासेन्जरमा अश्लील सामाग्री पठाउने, अश्लील शब्द प्रयाेग गर्ने , साझ विहान निजि आवासमा बाेलाउने लगाएतका क्रियाकलाप गरेकाे भन्दै उजुरी परेकाे एक कर्मचारीले बताए ।
उजुरीकाे सम्बन्धमा रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निराैलासँग सम्पर्क गर्दा उनले उजुरी परेकाे का सत्य भएकाे बताइन । उनले उजुरीको विषयमा अनुसन्धानकाे प्रकृया अगाडि बढाएको र छानबिन भैरहेकाे जानकारी दिइन् ।
यसैगरी उजुरीका विषयमा डिभिजन बन अधिकृत रामशरण गाैतमसँग सम्पर्क गर्दा उनले आफू विरुद्ध संड्यन्त्र पुर्वक फसाउने नियतले बेनामी उजुरी दिएकाे बताए । उनले भने ” मैले कुनैपनि महिला कर्मचारी माथि त्यस्ताे कुनै किसिमकाे दुर्व्यवहार गरेकाे छैन । याे निराधार र भ्रामक कुरा हाे भन्दै उजुरीका विषयमा अनुसन्धानलाई सक्दाे सहयाेग गर्ने अधिकृत गाैतमले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस