जीप दुर्घटनामा चालक ठहरै
रामेछाप – रामेछापको खाँडादेवि गाउँपालिका ७ को ताल्दुमबाट काठमाण्डौ तर्फ जादै गरेको बा १६ च ३२२५ नम्बरको यात्रुबाहक जीप सोहि गाउँपालिकाको राकाथुममा शनिबार अपरान्ह दुर्घटना हुदा जीप चालकको घटनास्थलमानै मृत्यू भएको छ । दुर्घटनामा ७ जना घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दुर्घटनामा परी मृत्यू हुनेमा खाँडादेवि ७ का जीप चालक कालुमान तामाङ रहेका छन् । दुर्घटनामा परी घाईते हुने सवैलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । घाईतेहरु खाँडादेविका रुपसिं तामाङ, सुष्मा तामाङ, नेस्नल तामाङ, सविना तामाङ, क्वीन तामाङ दिनेश श्रेष्ठ र जापानी नागरिक सातो काजुभि रहेका छन् । घाईते मध्ये रुपसिं तामाङको अवस्था गम्भिर रहेको छ । ओरालो जादै गरेको उक्त जीप सडक नजिककैको भीरबाट करिव ३ सय मिटर तल खसेको पूर्व वडा अध्यक्ष विष्णु श्रेष्ठले जनाएका छन् । दुर्घटनाको कारण थाहा हुन सकेको छैन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- २ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ३ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ४ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ५ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ६ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ७ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ८ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई













प्रतिक्रिया दिनुहोस