रामेछापमा सांस्कृतिक सम्मेलन हुँदै
काठमाडौ – राष्ट्रिय जनसांस्कृतिक महासंघ बागमती प्रदेशकाे आयाेजनामा रामेछापमा सास्कृतिक महाेत्सब हुने भएकाे छ । बुधबार रिपाटर्स क्लबमा पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन ।
बागमती प्रदेशभित्रका लोक संस्कृति र कलाहरुको पहिचान तथा साहित्य लेखन प्रवृत्तिहरु पहिल्याउनुको साथै स्थापत्यकला, चित्रकला,मूर्तिकला, सङ्गीतकला र प्रदर्शन कलाको प्रदर्शन गर्ने उद्देश्यले उक्त कार्यक्रमकाे आयाेजना गरिएकाे महासंघका अध्यक्ष हाेमराज श्रेष्ठले जानकारी दिए ।
उक्त सम्मेलनमा पर्यटन प्रबर्द्धनका लागि जिल्लाका विभिन्न ऐतिहासिक ,धार्मिक तथा पर्यकीय स्थलकाे अध्ययन, अवलाेक भ्रमण गर्ने बताएका छन् ।
त्यस्तै विभिन्न जातजातिको झाकी समेत प्रस्तुत गरिने आयाेजकले बताएका छन् । कार्यक्रममा स्थानिय कलाकारकाे प्रस्तुति रहनुका साथै ख्याति प्राप्त राष्ट्रिय स्तरका कलाकारहरुकाे समेत प्रस्तुति रहने अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।
कार्यक्रम यहि चैत्र १२ गते देखि १४ गते सम्म संचालन हुनेछ । आयाेजक संस्था राष्ट्रिय जनसांस्कृतिक महामसंघ नेकपा एमालेकाे भाद्रि संगठन हाे ।
क्याटेगोरी : समाचार, साहित्य
ताजा अपडेट
- १ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- २ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ३ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ४ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ६ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ७ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ८ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ













प्रतिक्रिया दिनुहोस