मलाई कमाउने हैन, विकास गर्ने लालसा छ ः कान्छाराम
रामेछाप । नेपाली काँग्रेसका जिल्ला सभापति एवं रामेछापबाट प्रतिनिधिसभा सदस्य पदका उमेदवार पूर्णवहादुर तामाङ (कान्छाराम) ले आफुलाई सांसद भएर पैसा कमाउने कुनै लोभ नभएको भन्दै रामेछापको विकास निर्माणका लागि विजय गराउन आग्रह गरेका छन् ।
‘मलाई घर चाहिएको छैन, छोरा छोरी पढाउनु छैन, गाडि किन्नु छैन र खानाका लागि दुख्ख छैन र सम्पति जोड्नका लागि कुनै लोभ छैन’ वुधबार रामेछापको मन्थली नगरपालिका ६ भलुवाजोर स्थित हुलाकडाडाँमा आयोजित मतदाता भेटघाट कार्यक्रममा तामाङले भने – केवल रामेछापेली जनताको मुहारमा खुसी ल्याउने लोभ छ, विकास गर्ने अठोट छ । उनले यस अघी बर्षौ देखि आफ्नो निजी सम्पत्तिले रामेछापको विकासमा सघाउदै आएको कुरा उल्लेख गर्दै तामाङले सांसद भएपछि राज्यबाट विकास ल्याउन पहुँच हुने वताए । उनले तीनै तहको सरकार मिलेर जिल्लाको विकास गर्ने अठोट रहेको औंल्याउदै उनले भने – रामेछापेलीलाई कुन कुराको अभाव र सास्ती छ भन्ने कुरा मलाई कण्ठ छ, म तिनै कामका लागि राज्यको श्रोत जिल्लामा ल्याउने प्रतिवद्ध भएर लाग्नेछु । उनले आउने निर्वाचनमा गठवन्धनबाट प्रतिनिधिसभामा रुख चिन्ह र प्रदेश सभाका दुवै स्थानमा हसियाँ हथौडा चिन्हमा छाप लगाएर विजय गराउन पनि आग्रह गरे ।
उनले सेलेघाट देखि रामेछाप हुदै साँघुटार जोड्ने सडक र इन्सिनडाडाँ खानेपानी योजनाको कार्यान्वयन काँग्रेसकै अगुवाईमा भएको उल्लेख गर्दै स्थानीय स्तरका समस्या समाधान गर्नेमा जनप्रतिनिधिको ध्यान जाने वताए ।
कार्यक्रममा काँग्रेसका पूर्व जिल्ला सभापति रामचन्द्र खड्काले अवको निर्वाचनमा संविधानको रक्षा गरी नागरिकको उपलव्धी गुम्न नदिनका लागि गठवन्धनका उमेदवारलाई विजय गराउन आग्रह गरे । उनले टिकट नपाउन्जेल आफु पनि प्रतिस्पर्धामा रहेको भएपनि टिकटको छिनोफानो भएपछि पार्टीको आधिकारीक उमेदवारलाई विजय गराउन सवैको कर्तव्य हुने वताए ।
कार्यक्रममा माओवादी केन्द्रका नेता एवं निवर्तमान सांसद श्यामकुमार श्रेष्ठले .मतदाताले मंसिर ४ मा संविधान मास्ने र नागरिकको अधिकार खोस्नेलाई नभै सविधानको रक्षा गरी लोकतान्त्रिक गठतन्त्र स्थापित गर्ने गठवन्धनका दलका उमेदवारलाई विजय गराउनु पर्नेमा जोड दिए । त्यसैगरी प्रदेश सभा १(२) का उमेदवार युवराज चौलागाईले जव देशमा संकट आउछ तव काँग्रेस र बाम एकै स्थानमा आउने वताउदै अहिले मुलुकको संकट टार्नका लागि पनि आसन्न निर्वाचनमा गठवन्धन गरीएको वताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
















प्रतिक्रिया दिनुहोस