तिहारमा पनि घरदैलोमा व्यस्त छन् उमेदवारहरु
रामेछाप । दिपावलीको रौनक छ । गाउँ वस्तीमा देउसी र भैलो गाउँले स सानो समूह हिडेका छन् । चेलिवेटीहरु भाईटिकाको तयारीमा छन् । सेल अनरसा र अन्य परिकार वनाउन पनि त्यतिनै चटारो छ । झिलिमिली वत्ति, लक्ष्मी पुजा , गाई पुजा त छदैछ ।
तिहारको यहि चटारोमा चुनाव पनि सगसगैं आएको छ । चुनावी कुरा घर गाउँमा गफ मात्र हैन, नेताहरुकै मुखबाट सुन्न पाइएको छ । चाडबाड मान्नका लागि टाढा भएका छोरी चेली माईत आए झै नेताहरु टुप्लुक्क घर गाउँमा पुग्ने क्रम रोकिएको छैन् । तिहारमा पनि प्रचार र घर दैलो गर्ने कार्यक्रम जारी छ ।
निर्वाचन आयोगले प्रचार प्रसारको समय थोरै राखेर निर्वाचन कार्यक्रम राखेपछि दल तथा उमेदवारलाई जनताको घर दैलो सम्म पुग्न भ्याईनभ्याई छ । त्यसैले तिहारमा सरकारी कार्यालय विदा भएको ४ दिन वितिसक्दा पनि चुनावी अभियानले थकाई मारेको छैन् । वैठक, घर दैलो र भेटघाटमा अभियान केन्द्रीत छ ।
तिहारको बेला गाउँमा भोट माग्ने तरिका पनि फेरीएको छ । गठवन्धनबाट रामेछापको गोकुलगंगा ४ बेतालीमा सोमबार आयोजित घर दैलो कार्यक्रममा काँग्रेसका पूर्व जिल्ला सभापति लवश्री न्यौपानेले देउसी भाकामा भोट मागे । राजनीतिक कुरा गर्दा भन्दा देउसी भट्याएर भोट माग्दा स्थानीयको ध्यान खिचियो । स्थानीय न्यौपानेको वरिपरी झुम्मिएर अनि देउसी रे गाउँन थाले ।
मंगलबार पनि घर दैलो अभियान लिएर सत्ता गठवन्धनका प्रतिनिधिसभा सदस्य पदका उमेदवार काँग्रेस जिल्ला सभापति पूर्णवहादुर तामाङ (कान्छाराम ) र प्रदेश सभा १ का उमेदवार माओवादी केन्द्रका तारानारायण श्रेष्ठ सहितको अभियानको टोली खिम्ती र तिल्पुङ पुगेको छ । खिम्तीमा यस अघी काँग्रेस प्रति असन्तुष्ट भएको जनाउदै वडाका पदाधिकारीले दिएको राजिनामा फिर्ता भइ पुरै पदाधिकारी निर्वाचनको माहौल वनाउन घर दैलोमा जुटेका छन् । गठवन्धनका उमेदवारहरु समेत गाउँ घर पुगेर घर दैलो गर्दा चुनावी परिणाम आफ्नो पक्षमा आउनेमा विश्वस्त छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस