पारदर्शी र नागरिक मैत्री भएर काम गर्छु : प्रशासकीय प्रमुख पाैडेल
रामेछाप – रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पाैडेलले काममा पारदर्शीता ,सेवामा सुशासन र नागरिक मैत्री भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बुधबार रामेछाप नगरपालिकामा पत्रकारहरुसँगकाे भेटघाटमा पाैडेलले यस्ताे बताएका हुन ।
चन्द्रागिरि नगरपालिकाबाट रामेछाप नगरपालिकामा सरुवा भएर अाएका प्रमुख पाैडेल २४ बर्षदेखि सरकारी सेवामा रहेका छन् । उनने यस अवधिमा १३ बर्ष भन्दा बढी स्थानीय तहमा काम गरेकाे अनुभव भएकाे बताए ।
रामेछाप नगरपालिकामा अान्तरिक श्राेतकाे कमी देखिएकाे र त्यसका लागि खाेजी गरिने बताउदै पाैडेलले भने नगरकाे कुनैपनि काममा सहकार्य र समन्वय गरेर मात्र काम गर्ने बताए । त्यसैगरि नगरबाट प्रभाह हुने सेवा , कार्यक्रमहरु र याेजना कार्यन्वयनमा पारदर्शिता हुनुका साथै नागरिक मैत्री सेवा प्रवाह गरेर नागरिक विस्वालाइ अभिवृद्धि हुने गरि काम गर्ने बताए ।
रामेछाप नगरपालिकाकाे प्रमुख प्रशासकीय पाडैलसँगकाे भेटघाटमा सहभागी पत्रकारहरुले उत्पादनसील क्षेत्रमा काम गर्न , नागरिकलाई प्रत्यक्ष रुपमा फाइदा पुग्ने र जीवन स्तर उकास्न सहयाेग पुग्ने खालका कार्यक्रम गर्न सुझाव दिएका छन् ।
क्याटेगोरी : विचार, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस