अन्नपूर्ण हेलिकप्टरको व्यवसायीक उडान सुरु
रामेछाप – नेपाली का“ग्रेसका नेता पूर्णवहादुर तामाङ ( कान्छाराम ) अध्यक्ष रहेको निजी क्षेत्रको अन्नपूर्ण हेलिकप्टरले व्यवसायीक उडान थालेको छ ।
मंगलबार रामेछाप विमानस्थलमा अवतरण गरेको उक्त कम्पनीको पहिलो हेलिकप्टरले यस अघीनै परिक्षण उडान पुरा गरेको थियो । नेपाल नागरिक उडड्यन प्राधिकरणका हवाई सुरक्षा अधिकारीहरु समेत लिएर रामेछाप विमानस्थलमा अवतरण गरेपछि बरिष्ठ क्याप्टेन रविन्द्रकुमार वस्नेतले अन्नपूर्ण हेलिकप्टरका लागि अव व्यवसायीक उडानका लागि वाटो खुलेको वताए ।
कम्पनीका अध्यक्ष पूर्णवहादुर तामाङ ( कान्छाराम ) का अनुसार ५ सिट क्षमता भएको इक्वेरल हेलिकप्टर मार्फत व्यवसायीक उडान थालिएको हो । कम्पनीले २ वटा हेलिकप्टर संचालनमा ल्याउने छ । दोश्रो हेलिकप्टर ३ महिना पछि व्यवसायीक उडानमा थपिने उनले वताए ।
हिमाली क्षेत्रको उद्धार र अन्य मानव उद्धार कार्यमा पहिलो प्राथमिकता हुने तामाङले वताए । उनले रामेछापका नागरिकलाई हेलिकप्टर उडानमा केहि सहुलियतको व्यवस्था गर्ने समेत वताएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस