एमाले नेता बालकृष्ण ढुंगेलको निधन
काठमाण्डाै । एमाले नेता बालकृष्ण ढुंगेलको शनिबार सौचालयमा लडेर मृत्यू भएको छ । काठमाण्डौंको काँडाघारीमा वसोवास गर्दै आएका ढुंगेल आफ्नै घरको सौचालयमा मृत अवस्थामा फेला परेका हुन । घरमा ढुंगेल एक्लै वस्दै आएका थिए ।
काठमाण्डांै प्रहरीले ढुंगेलको मृत्यू बारे पुष्टि गर्दै घटनाको थप अनुसन्धान अघी बढाएको छ । ढुंगेल लामो समय देखि मृर्गौला रोग बाट ग्रसित थिए ।
रामेछापको सिमावर्ति ओखलढुंगाको लेतिमा जन्मिएका ढुंगेल माओवादी भूमिगत हुदा सशस्त्र विद्रोहमा लागेका थिए । उनलाई टारकेरावारीमा भुवन श्रेष्ठलाई हत्या गरेको आरोपमा जेल सजाय समेत भएको थियो । पछि सरकारको सिफारीसमा राष्ट्रपतिले उनिलाई आममाफी दिएकी थिईन ।
२०६४ सालमा ओखलढुंगाबाट संविधानसभा सदस्य पदमा निर्वाचित ढुंगेल माओवादी केन्द्र र एमालेको एकिकरण पछि नेकपा ( नेकपा ) मा सक्रिय थिए । ति दुई दल विभाजन भएर साविककै अवस्थामा फर्किदा ढुंगेल भने एमालेमानै बसेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस