प्रधानमन्त्री देउवाद्वारा मुगु घटना प्रति दु:ख व्यक्त, मृतक परिवारलाई उचित राहतकाे व्यवस्था गर्ने घाेषणा
काठमाडौ – मुगु कास्की र अछाममा भएको बस दुर्घटना प्रति प्रधानमन्त्री शेरबहादुर देउवाले दु:ख व्यक्त गरेका छन्। प्रधानमन्त्री देउवाले अाफ्नाे फेसबुक पेजमा घटना प्रति दु:ख व्यक्त गर्दै घटनामा परि ज्यान गुमाउनेकाे परिवारलाई उचित राहतकाे व्यवस्था गर्ने बताउदै घाइतेहरुकाे उपचार निशुल्क गरिने उल्लेख गरेकाे छ ।
दुर्घटना परि ज्यान गुमाउनेहरुको संख्या ३२ पुगेको छ । जस्मा घटनास्थलमै २४ जनाको ज्यान गएको थियो भने ४ जनाको उपचारका लागि लैजाँदै गर्दा ज्यान गएको थियो । त्यस्तै, ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
उक्त बस छायानाथ रारा नगरपालिका–७ पिनाटपाने खोलामा दुर्घटना भएको थियाे । चालकसहित ज्यान गुमाउनेको संख्या ३२ पुगेको प्रहरीले जानकारी दिएको छ ।
शेरबहादुर देउवाले सामाजिक संजालमा यसरी उल्लेख गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- २ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ३ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ४ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ५ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ६ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ७ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ८ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई














प्रतिक्रिया दिनुहोस