प्रधानमन्त्री देउवाद्वारा मुगु घटना प्रति दु:ख व्यक्त, मृतक परिवारलाई उचित राहतकाे व्यवस्था गर्ने घाेषणा
काठमाडौ – मुगु कास्की र अछाममा भएको बस दुर्घटना प्रति प्रधानमन्त्री शेरबहादुर देउवाले दु:ख व्यक्त गरेका छन्। प्रधानमन्त्री देउवाले अाफ्नाे फेसबुक पेजमा घटना प्रति दु:ख व्यक्त गर्दै घटनामा परि ज्यान गुमाउनेकाे परिवारलाई उचित राहतकाे व्यवस्था गर्ने बताउदै घाइतेहरुकाे उपचार निशुल्क गरिने उल्लेख गरेकाे छ ।
दुर्घटना परि ज्यान गुमाउनेहरुको संख्या ३२ पुगेको छ । जस्मा घटनास्थलमै २४ जनाको ज्यान गएको थियो भने ४ जनाको उपचारका लागि लैजाँदै गर्दा ज्यान गएको थियो । त्यस्तै, ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
उक्त बस छायानाथ रारा नगरपालिका–७ पिनाटपाने खोलामा दुर्घटना भएको थियाे । चालकसहित ज्यान गुमाउनेको संख्या ३२ पुगेको प्रहरीले जानकारी दिएको छ ।
शेरबहादुर देउवाले सामाजिक संजालमा यसरी उल्लेख गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध















प्रतिक्रिया दिनुहोस