एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
रामेछाप – कृत्रिम बुद्धिमत्ता (एआई) पत्रकारिताको प्रतिस्पर्धी नभई सहायक र सहयोगी मात्र भएको प्रेस रजिस्ट्रार बागमती प्रदेशका रजिस्ट्रार रेवती सापकोटाले बताए ।
प्रेस रजिस्ट्रार कार्यालय बागमती प्रदेशको आयोजनामा रामेछापमा सञ्चालन गरिएको ‘पत्रकारितामा एआईको प्रयोग’ सम्बन्धी ३ दिने तालिमको समापन समारोहमा बाेल्दै सापकोटाले एआईले पत्रकारलाई विस्थापित गर्ने होइन, कामलाई सहज, छिटो र प्रभावकारी बनाउने माध्यमका रूपमा प्रयोग गर्न सकिने बताए।एआईलाई हामीले प्रयोग गर्ने हो, एआईले हामीलाई प्रयोग गर्ने होइन,” उनले भने, “यो हाम्रो सहयोगी मात्र हो, विस्थापन गर्न आएको हैन।”
उनले पत्रकारिताको विकासलाई प्रविधिसँग जोड्न आवश्यक रहेको उल्लेख गर्दै एआई प्रयोगसम्बन्धी तालिम सञ्चालन गरिएको बताए। “विकास केवल भौतिक पूर्वाधारमा लगानी गरेर सम्भव हुँदैन,” उनले भने, “समग्र विकासका लागि नागरिकको मस्तिष्कमा पनि लगानी गर्नुपर्छ।”उनले पत्रकारितामा विश्वासनीयता सबैभन्दा महत्वपूर्ण हुने भएकाले पत्रकारलाई गल्ती गर्ने छुट नरहेको पनि स्पष्ट पारे।
उक्त तालिमकाे सहजिकरण पत्रकार अजय शर्मा र शिवपुरीले गरेका थिए । तालिममा पत्रकारले एआइ प्रयाेग गरेर के – कस्ताे सहयोग लिन सकिन्छ,एआईकाे सहयाेगबाट तयार गरिएकाे अडियाे ,भिडियो तथा फाेटाे प्रयाेग गर्दा ध्यान दिनुपर्ने कुरा र एआईबाट तत्थ्य परिक्षण कसरी गर्ने लगाएतका विषयमा प्रशिक्षण दिएका थिए ।
तालिममा रामेछाप जिल्लाका ३० जना पत्रकारको सहभागिता रहेको थियो। सहभागी पत्रकारहरूले तालिम अत्यन्त प्रभावकारी भएको प्रतिक्रिया दिँदै एआईको प्रयोगले पत्रकारितालाई छिटो, छरितो र विश्वासिलो बनाउन सहयोग पुग्ने बताएका छन्।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस