शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध
रामेछाप – रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले शुक्रबार हुनसाथ कार्यालय प्रमुख तथा कर्मचारीलाई काठमाडौं नजान अनुराेध गरेका छन् । जिल्ला स्थित प्रादेशिक कार्यालयहरुकाे प्रथम चाैमासीक समीक्षामा प्रजिअ थापाले यस्ताे अनुराेध गरेका हुन ।
जिल्ला समन्वय समिति राेछापले आइतबार आयाेजना प्रथम चाैमासीक समीक्षा कार्यक्रममा प्रजिअ थापाले कार्यालय प्रमुख तथा कर्मचारीहरु शुक्रबार -शुक्रबार काठमाडौ जान पास लिन आउने गरेकाे उल्लेख गर्दै कर्मचारीहरु शुक्रबार काठमाडौं जाने र आइतबार फर्कने गर्दा कार्यालयकाे सेवा प्रवाहमा तिन दिन असर पर्ने गरेकाे बताए । उनले कर्मचारीलाई अत्यावश्यक काम तथा कार्यालयकाे काम भन्दा बाहेककाे काममा शुक्रबार काठमाडौं नजान अनुराेध समेत गरे । त्यसैगरी कुनैपनि कार्यालयले कार्यक्रम गर्दा सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर काम गरेका कार्यक्रम सम्पन्न गर्न सहज हुने हुदा स्थानिय तहसँग समन्वय गरेर काम गर्न आग्रह गरे ।
त्यसैगरी कार्यक्रममा काेष तथा लेखा नियन्त्रण कार्यालय रामेछापका प्रमुख हिमलाल भण्डारीले कार्यलय प्रमुखहरुलाई नियमित कार्यप्रगति विवरण पेश गर्न अनुराेध गर्दै बजेट निकाशामा समस्या भए आवस्यक सहजिकरण गर्न तयार रहेकाे बताए ।
समीक्षा कार्यक्रममा जिल्ला स्थित प्रादेशिक १४ कार्यालय मध्ये १२ वटाले प्रतिवेदन प्रस्तुत गरेका थिए भने भु तथा जलाधार संरक्षण कार्यालय र यातायात व्यवस्था कार्यालयले प्रतिवेदन प्रस्तुत गर्न नआएकाे आयाेजकले जानकारी दिए ।
कार्यक्रम जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्काकाे अध्यक्षता भएकाे थियाे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस