जिल्ला अदालतकाे न्यायीक बाह्य पहुँच कार्यक्रम दाेरम्बा शैलुङ्मा
रामेछाप – रामेछाप जिल्ला अदालतले जिल्लाकाे दाेरम्बा शैलुङ् गाउँपालिका बुधबार न्यायीक बाह्य पहुँच कार्यक्रम संचालन गरेकाे छ ।
अदालती सेवामा नागरिकलाई सहज पहुँच तथा कानुनी व्यवस्था सम्बन्धि जानकारी गराउने र सर्वसाधारणकाे सिधा पहुँच विस्तार गर्ने उद्देश्यले न्यायीक बाह्य पहुँच कार्यक्रम गर्ने गरेकाे जिल्ला अदालतकाे श्रेस्तेदार सुरेश केसीले जानकारी दिए ।
कार्यक्रममा सहयोगीहरुले अदालतकाे कामकारबाही , कानुनी प्रकृया, मुद्दाका प्रकृति तथा न्याय निरुपणकाे अभ्यास लगाएतका विषयमा जिज्ञाशा राखेका थिए । सहभागी जिज्ञासालाई सम्बाेधन गर्दै जिल्ला न्यायाधीश राजेन्द्र नेपालले अदालतबाट हुने न्याय निरुपणकाे अवस्था ,मुद्दाकाे प्रकृति ,कानुनी प्रकृया तथा नि:शुल्क कानुनी सेवा लगाएको विषयमा जानकारी गराएका थिए ।
त्यसैगरी जिल्ला अदालतबाट फैसला भएका मुद्दाहरुकाे कार्यन्वयनकाे अवस्था, कार्यन्वयन प्रकृया र फैसला कार्यन्वयन सम्बन्धमा अदालतका तहसिलदार तथा फैसला कार्यन्वयन अधिकृत बिमला पन्थीले स्पष्ट पारेकी थिइन् ।
साेही क्रममा जिल्ला न्यायाधीश राजेन्द्र नेपालले पालिकाे न्यायीक समितिद्वारा हुने न्याय निरुपण सम्बन्धि कामकारबाही अनुगमन समेत गरेकाे पालिका उपाध्यक्ष तथा न्यायीक समितिकाे संयाेजक खमला थापामगरले जानकारी दिएकी छिन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस