• काेसिस न्यूज
  • जिल्ला अदालतकाे न्यायीक बाह्य पहुँच कार्यक्रम दाेरम्बा शैलुङ्मा


    रामेछाप – रामेछाप जिल्ला अदालतले जिल्लाकाे दाेरम्बा शैलुङ् गाउँपालिका बुधबार न्यायीक बाह्य पहुँच कार्यक्रम संचालन गरेकाे छ ।

    अदालती सेवामा नागरिकलाई सहज पहुँच तथा कानुनी व्यवस्था सम्बन्धि जानकारी गराउने र सर्वसाधारणकाे सिधा पहुँच विस्तार गर्ने उद्देश्यले न्यायीक बाह्य पहुँच कार्यक्रम गर्ने गरेकाे जिल्ला अदालतकाे श्रेस्तेदार सुरेश केसीले जानकारी दिए ।

    कार्यक्रममा सहयोगीहरुले अदालतकाे कामकारबाही , कानुनी प्रकृया, मुद्दाका प्रकृति तथा न्याय निरुपणकाे अभ्यास लगाएतका विषयमा जिज्ञाशा राखेका थिए । सहभागी जिज्ञासालाई सम्बाेधन गर्दै जिल्ला न्यायाधीश राजेन्द्र नेपालले अदालतबाट हुने न्याय निरुपणकाे अवस्था ,मुद्दाकाे प्रकृति ,कानुनी प्रकृया तथा नि:शुल्क कानुनी सेवा लगाएको विषयमा जानकारी गराएका थिए ।

    त्यसैगरी जिल्ला अदालतबाट फैसला भएका मुद्दाहरुकाे कार्यन्वयनकाे अवस्था, कार्यन्वयन प्रकृया र फैसला कार्यन्वयन सम्बन्धमा अदालतका तहसिलदार तथा फैसला कार्यन्वयन अधिकृत बिमला पन्थीले स्पष्ट पारेकी थिइन् ।

    साेही क्रममा जिल्ला न्यायाधीश राजेन्द्र नेपालले पालिकाे न्यायीक समितिद्वारा हुने न्याय निरुपण सम्बन्धि कामकारबाही अनुगमन समेत गरेकाे पालिका उपाध्यक्ष तथा न्यायीक समितिकाे संयाेजक खमला थापामगरले जानकारी दिएकी छिन् ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस