पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
काठमाडौँ- सरकारले दिवङ्गत पत्रकार सुरेश रजकलाई सहिद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पत्रकार रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।
बैठकपछि सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सुरेश रजकलाई राज्यकोतर्फबाट सहिद घोषणा गर्ने निर्णय भएको सञ्चारकर्मीलाई जानकारी दिनुभयो । विस २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनको क्रममा आगजनी भएको घरमा जलेर पत्रकार सुरेशको मृत्यु भएको थियो ।दिवंगत पत्रकार रजकलाई सहिद घोषणा गर्न रजकको परिवारले माग गर्दै आएको थियो ।
यसअघि सरकारले दिवङ्गत पत्रकार सुरेश रजकको श्रीमती सुजन मगियालाई रोजगारीको व्यवस्था गरेको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा मन्त्रालय मातहतको सुरक्षण मुद्रण केन्द्रमा पत्रकार रजककी श्रीमती मगियालाई ‘कम्प्युटर अपरेटर’ पदमा रोजगारीको व्यवस्था मिलाइएको हो ।
बैठकले जेनजी आन्दोलनका क्रममा घाइते तथा अपाङ्ग भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०८२ स्वीकृत गरेको छ । यस्तै जेनजी आन्दोलनका घाइतेलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने निर्णय भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस