बहुबिबाह सम्बन्धि कानून संशाेधनको बिरोधमा रामेछापका महिला
रामेछाप – सरकारले बिद्यमान् कानून संसोधन गरेर बहुबिबाहलाई कानूनी रुपमा नै बैद्यता दिन लागेको भन्दै रामेछापका महिलाहरुले बहुबिबाह सम्बन्धि कानून संसोधनको बिरोध गरेका छन् ।
बिद्यमान कानून संसोधनले महिला माथि उत्पिडन थप्ने भन्दै रामेछाप जिल्लाका महिलाहरुले बहुबिबाह जस्तो जघन्य अपराधलाई सरकारले कानूनी रुपमा नै बैधानिकता दिन लागेकाले रामेछापका प्रमुख जिल्ला अधिकारी मार्फत कानून संसोधन नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नेपाल महिला संघ र अखिल नेपाल महिला संघमा आवद्ध महिलाहरुले प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापालाई भेटेर ज्ञापन पत्र बुझाउँदै कानून संसोधनको बिरोध गरेका छन् ।
नेपाल महिला संघ रामेछापकी कार्यवाहक अध्यक्ष कबिता घिमिरे ( ढुंगेल ) र अखिल नेपाल महिला संघकी अध्यक्ष शान्ता सुवेदीले संयुक्त रुपमा हस्ताक्षर गरेर प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई कानून संसोधन नगर्न ज्ञापन पत्र बुझाउनु भएको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस