बहुबिबाह सम्बन्धि कानून संशाेधनको बिरोधमा रामेछापका महिला
रामेछाप – सरकारले बिद्यमान् कानून संसोधन गरेर बहुबिबाहलाई कानूनी रुपमा नै बैद्यता दिन लागेको भन्दै रामेछापका महिलाहरुले बहुबिबाह सम्बन्धि कानून संसोधनको बिरोध गरेका छन् ।
बिद्यमान कानून संसोधनले महिला माथि उत्पिडन थप्ने भन्दै रामेछाप जिल्लाका महिलाहरुले बहुबिबाह जस्तो जघन्य अपराधलाई सरकारले कानूनी रुपमा नै बैधानिकता दिन लागेकाले रामेछापका प्रमुख जिल्ला अधिकारी मार्फत कानून संसोधन नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नेपाल महिला संघ र अखिल नेपाल महिला संघमा आवद्ध महिलाहरुले प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापालाई भेटेर ज्ञापन पत्र बुझाउँदै कानून संसोधनको बिरोध गरेका छन् ।
नेपाल महिला संघ रामेछापकी कार्यवाहक अध्यक्ष कबिता घिमिरे ( ढुंगेल ) र अखिल नेपाल महिला संघकी अध्यक्ष शान्ता सुवेदीले संयुक्त रुपमा हस्ताक्षर गरेर प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई कानून संसोधन नगर्न ज्ञापन पत्र बुझाउनु भएको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ सर्वसाधारणलाई अदालती प्रक्रियाबारे जानकारी दिदै जिल्ला न्यायाधीश राजेन्द्र नेपाल
- २ एमाले रामेछापले कात्तिक २९ मा जिल्ला स्तरिय प्रदर्शन गर्ने,
- ३ सामाजिक सेवामा तल्लिन डा.सैयद शुक्रबार रामेछाप आउदै
- ४ जेनजी आन्दोलनका घाइतेहरुलाई परिचयपत्र पत्र प्रदान गरिने
- ५ राति १० बजेपछि देउसी खेल्न नपाइने
- ६ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ७ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ८ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक















प्रतिक्रिया दिनुहोस