रसुवास्थित भोटेकोशीमा पुन: बाढी
रसुवा जिल्ला स्थित भोटेकोसी नदिमा गएरातिदेखि बाढी आएकाे छ । बाढी आएसँगै त्रिशूली नदीको तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले अनुराेध गरेको छ ।
बाढीले टिमुरेदेखि चीनसँगको व्यापारिक नाका रसुवागढीसम्मको सडक पूर्ण रुपमा बगाएको छ । त्रिशूली जलविद्युत केन्द्रमा क्षति पु-याएको छ ।
यसैबीच नुवाकोट र धादिङका स्थानीय प्रशासनले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेका छन् ।
सम्भावित खतरालाई मध्यनजर गर्दै तीनवटै जिल्लामा उद्धार सामग्रीसहित सुरक्षाकर्मी तैनाथ गरिएका छन् ।
यसअघि असार २४ मा ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा हिमनदीको माथिल्लो सतहमा रहेको सुप्राग्ल्यासियर फुटेर भोटेकोशीमा बाढी आउँदा ठूलो जनधनको क्षति भएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस