रसुवास्थित भोटेकोशीमा पुन: बाढी

रसुवा जिल्ला स्थित भोटेकोसी नदिमा गएरातिदेखि बाढी आएकाे छ । बाढी आएसँगै त्रिशूली नदीको तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले अनुराेध गरेको छ ।
बाढीले टिमुरेदेखि चीनसँगको व्यापारिक नाका रसुवागढीसम्मको सडक पूर्ण रुपमा बगाएको छ । त्रिशूली जलविद्युत केन्द्रमा क्षति पु-याएको छ ।
यसैबीच नुवाकोट र धादिङका स्थानीय प्रशासनले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेका छन् ।
सम्भावित खतरालाई मध्यनजर गर्दै तीनवटै जिल्लामा उद्धार सामग्रीसहित सुरक्षाकर्मी तैनाथ गरिएका छन् ।
यसअघि असार २४ मा ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा हिमनदीको माथिल्लो सतहमा रहेको सुप्राग्ल्यासियर फुटेर भोटेकोशीमा बाढी आउँदा ठूलो जनधनको क्षति भएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ रसुवास्थित भोटेकोशीमा पुन: बाढी
- २ अचम्मित पार्ने घटना, एकै परिवारकाे १६ सदस्य बेपत्ता
- ३ गैर आवासीय नेपाली संघ मलेसियाकाे अध्यक्षमा महताे
- ४ अशक्त नागरिककाे घरमा आफै नागरिकता लिएर पुग्छन्, रामेछापका प्रजिअ थापा
- ५ काङ्ग्रेसद्वारा पहिराे पिडित किसानलाई हलगाेरु सहयोग
- ६ ४७ औँ पुष्पलाल स्मृतिमा रामेछापमा विविध कार्यक्रम
- ७ पालिका स्तरबाटै परिचयपत्र वितरण गर्दै, जिल्ला प्रशासन रामेछाप
- ८ जिल्ला प्रशासन रामेछापद्वारा ३४ लाख ९५ हजार राहत वितरण
प्रतिक्रिया दिनुहोस