अशक्त नागरिककाे घरमा आफै नागरिकता लिएर पुग्छन्, रामेछापका प्रजिअ थापा
रामेछाप – रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा आफै नागरिकता लिएर अशक्त नागरिककाे घरमा पुग्ने गरेका छन् । बिहीबार रामेछाप नगरपालिका ७ सुकाजाेरका शारीरिक रुपमा अशक्त १७ बर्षीय टीका बहादुर खत्रीकाे घरमा पुगेर प्रजिअ थापाले नागरिकता प्रदान गरे ।
कुनैपनि नागरिक अशक्त भएकै कारण नागरिकता बिहिन हुन नपराेस भन्ने उद्देश्यका साथ अशक्त नागरिककाे घरमै पुगेर नागरिकता प्रदान गरेकाे उनकाे भनाई छ । खत्रीलाई नागरिकता प्रदान गर्दै भने यसरी शारीरिक रुपमा अशक्त भएर जिल्ला प्रशासन सम्म पुग्न नसक्ने अवस्थाका नागरिक भए प्रशासनलाई जानकारी गराउन प्रजिअ थापाले आग्रह गरे । काेही पनि नागरिक नागरिकता बिहिन हुन नदिने भन्दै उनले कार्यालय सम्म जान नसक्ने नागरिककाे घरमा प्रशासन आफै पुग्ने बताए ।
यसैगरी प्रशासनकाे सेवा नागरिकमुखी तथा सेवाग्राहीमैत्री बनाउने सिलसिलामा राष्ट्रिय परिचयपत्र वितरणका लागि पालिका स्तरमा पुग्ने अभियान संचालन गरेकाे छ । त्यस्तै कार्यालयबाट प्रवाह हुने सेवा लिदा कुनैपनि नागरिकले दु:ख पाउनु हुदैन भन्ने मान्यता राखेर अशक्तका लागि ह्युल चियर, नागरिकका सहजताका लागि डिजिटल टाेकन प्रणाली र गुनासाे सम्बाेधनका लागि डिजिटल माध्यमबाट उजुरी दिन क्यू आर काेण सार्वजनिक लगाएका कामहरु गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस