अशक्त नागरिककाे घरमा आफै नागरिकता लिएर पुग्छन्, रामेछापका प्रजिअ थापा
रामेछाप – रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा आफै नागरिकता लिएर अशक्त नागरिककाे घरमा पुग्ने गरेका छन् । बिहीबार रामेछाप नगरपालिका ७ सुकाजाेरका शारीरिक रुपमा अशक्त १७ बर्षीय टीका बहादुर खत्रीकाे घरमा पुगेर प्रजिअ थापाले नागरिकता प्रदान गरे ।
कुनैपनि नागरिक अशक्त भएकै कारण नागरिकता बिहिन हुन नपराेस भन्ने उद्देश्यका साथ अशक्त नागरिककाे घरमै पुगेर नागरिकता प्रदान गरेकाे उनकाे भनाई छ । खत्रीलाई नागरिकता प्रदान गर्दै भने यसरी शारीरिक रुपमा अशक्त भएर जिल्ला प्रशासन सम्म पुग्न नसक्ने अवस्थाका नागरिक भए प्रशासनलाई जानकारी गराउन प्रजिअ थापाले आग्रह गरे । काेही पनि नागरिक नागरिकता बिहिन हुन नदिने भन्दै उनले कार्यालय सम्म जान नसक्ने नागरिककाे घरमा प्रशासन आफै पुग्ने बताए ।
यसैगरी प्रशासनकाे सेवा नागरिकमुखी तथा सेवाग्राहीमैत्री बनाउने सिलसिलामा राष्ट्रिय परिचयपत्र वितरणका लागि पालिका स्तरमा पुग्ने अभियान संचालन गरेकाे छ । त्यस्तै कार्यालयबाट प्रवाह हुने सेवा लिदा कुनैपनि नागरिकले दु:ख पाउनु हुदैन भन्ने मान्यता राखेर अशक्तका लागि ह्युल चियर, नागरिकका सहजताका लागि डिजिटल टाेकन प्रणाली र गुनासाे सम्बाेधनका लागि डिजिटल माध्यमबाट उजुरी दिन क्यू आर काेण सार्वजनिक लगाएका कामहरु गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस