• काेसिस न्यूज
  • जिल्ला प्रशासन रामेछापद्वारा ३४ लाख ९५ हजार राहत वितरण


    रामेछाप – जिल्ला प्रशासन कार्यालय रामेछापले चालू आर्थिक वर्ष २०८१-८२ मा विपद प्रभावितहरुलाई ३४ लाख ९५ हजार रेपैया रकम राहत वितरण गरेकाे छ । आर्थिक वर्षभरिमा जिल्लाभरका विपद प्रभावित तथा मृतकका परिवारलाई उक्त राहत रकम वितरण गरेकाे हाे ।

    यसैगरी कार्यालयले सार्वजनिक गरेकाे कार्यसम्पादन प्रतिवेदन अनुसार ३ कराे ३१ लाख ४० हजार ४४९ रुपैया राजस्व संकलन भएकाे छ । आर्थिक वर्ष २०८१-८२ मा कार्यालयले राहदानी ,संस्था दर्ता, दण्ड जरिवाना तथा बेरुजु लगाएतकाे शिर्षकबाट उक्त राजस्व रकम संकलन गरेकाे हाे ।
    त्यस्तै जिल्ला प्रशासन कार्यालय रामेछापले आर्थिक वर्ष भित्र ६ हजार ४२७ नयाँ नागरिकता वितरण गरककाे छ भने ९ हजार ९७६ वटा नागरिकताकाे प्रतिलिपी वितरण गरेकाे छ । त्यसैगरी ४ हजार ६५५ राहदानी वितरण गरेकाे छ ।

    कार्यालयले सेवा प्रवाहलाई थप सहज तथा प्रभाकारी बनाउनका अशक्तका लागि ह्यूलचियरकाे व्यवस्था मिलाएकाे छ । उजुरीका लागि क्यू आर काेण सार्वजनिक गर्नुका साथै कार्यालयमा सेवाग्राहीका लागि टाेकन प्रणाली सुरु भएकाे छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस