जिल्ला प्रशासन रामेछापद्वारा ३४ लाख ९५ हजार राहत वितरण
रामेछाप – जिल्ला प्रशासन कार्यालय रामेछापले चालू आर्थिक वर्ष २०८१-८२ मा विपद प्रभावितहरुलाई ३४ लाख ९५ हजार रेपैया रकम राहत वितरण गरेकाे छ । आर्थिक वर्षभरिमा जिल्लाभरका विपद प्रभावित तथा मृतकका परिवारलाई उक्त राहत रकम वितरण गरेकाे हाे ।
यसैगरी कार्यालयले सार्वजनिक गरेकाे कार्यसम्पादन प्रतिवेदन अनुसार ३ कराे ३१ लाख ४० हजार ४४९ रुपैया राजस्व संकलन भएकाे छ । आर्थिक वर्ष २०८१-८२ मा कार्यालयले राहदानी ,संस्था दर्ता, दण्ड जरिवाना तथा बेरुजु लगाएतकाे शिर्षकबाट उक्त राजस्व रकम संकलन गरेकाे हाे ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय रामेछापले आर्थिक वर्ष भित्र ६ हजार ४२७ नयाँ नागरिकता वितरण गरककाे छ भने ९ हजार ९७६ वटा नागरिकताकाे प्रतिलिपी वितरण गरेकाे छ । त्यसैगरी ४ हजार ६५५ राहदानी वितरण गरेकाे छ ।
कार्यालयले सेवा प्रवाहलाई थप सहज तथा प्रभाकारी बनाउनका अशक्तका लागि ह्यूलचियरकाे व्यवस्था मिलाएकाे छ । उजुरीका लागि क्यू आर काेण सार्वजनिक गर्नुका साथै कार्यालयमा सेवाग्राहीका लागि टाेकन प्रणाली सुरु भएकाे छ ।


क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस