जिल्ला अदालत रामेछाप लक्ष्य भन्दा बढी मुद्दा पर्छ्याैट गर्न सफल , पुराना मुद्दा शून्यमा झर्यो ,
रामेछाप – जिल्ला अदालत रामेछापले चालू आर्थिक वर्षमा लक्ष्य भन्दा बढी मुद्दा फर्छाैट गर्न सफल भएकाे छ भने १८ महिना भन्दा पुराना मुद्दाकाे संख्या शुन्यमा झारेकाे छ ।
जिल्ला अदालतले रामेछापले समयमै मुद्दा फर्छाैट गरेर पुराना मुद्दा शुन्यमा झारेकाे छ । अदालतले चालु आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म ३७३ थान मुद्दा फर्छयौट गरेकाे छ । अदालतलले ३४६ थान मुद्दा फर्छयौट वार्षिक लक्ष्य लिएकाे थियाे । लक्ष्य भन्दा २७ थान बढि मुद्दा फर्छाैट गरेर १०७.८% मुद्दा फैसला गरेकाे अदालतका फैसला कार्यन्वयन अधिकृत तथा सुचना अधिकारी महेश्वर अर्यालले जानकारी दिए । गत आर्थिक वर्षमा १३१ थान मुद्दा जिम्मेवारी सरेर आएकाे थियाे भने यस वर्ष उक्त संख्या घटेर १०९ थानमा सीमित भएकाे छ ।
त्यसैगरी चालु आर्थिक वर्षमा १२४ थान निवेदन फर्छयौट गर्ने लक्ष्य लिएकाेमा १४६ थान निवेदन फर्छयौट गरेर ११७.८% उपलब्धि हासिल गर्न सफल भएकाे सुचना अधिकारी अर्यालले बताए । जसमा गत वर्ष ८१ थान निवेदन जिम्मेवारी सरेर आएकाेमा यस वर्ष ३८ थान निवेदन मात्र जिम्मेवारी सरेर आएकाे छ ।
जिल्ला अदालत रामेछापकाका जिल्ला न्यायाधीश राजेन्द्र नेपालले अदालतले समयमै मुद्दा फैसला गर्ने कार्यलाई दिएको बताए । लामो समयसम्म न्यायका लागि प्रतीक्षा गर्नु नपर्ने गरि अदालतले काम गरिरहेकाे बताए ।यसरी समयमै न्याय निरुपण हुदा न्यायलय प्रति नागरिककाे विस्वास बढ्ने र फैसला कार्यन्वयनमा समेत सहयाेग पुग्ने न्यायाधीश नेपालले भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- २ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ३ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ४ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- ५ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ६ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ७ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ८ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
















प्रतिक्रिया दिनुहोस