जिल्ला अदालत रामेछाप लक्ष्य भन्दा बढी मुद्दा पर्छ्याैट गर्न सफल , पुराना मुद्दा शून्यमा झर्यो ,
रामेछाप – जिल्ला अदालत रामेछापले चालू आर्थिक वर्षमा लक्ष्य भन्दा बढी मुद्दा फर्छाैट गर्न सफल भएकाे छ भने १८ महिना भन्दा पुराना मुद्दाकाे संख्या शुन्यमा झारेकाे छ ।
जिल्ला अदालतले रामेछापले समयमै मुद्दा फर्छाैट गरेर पुराना मुद्दा शुन्यमा झारेकाे छ । अदालतले चालु आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म ३७३ थान मुद्दा फर्छयौट गरेकाे छ । अदालतलले ३४६ थान मुद्दा फर्छयौट वार्षिक लक्ष्य लिएकाे थियाे । लक्ष्य भन्दा २७ थान बढि मुद्दा फर्छाैट गरेर १०७.८% मुद्दा फैसला गरेकाे अदालतका फैसला कार्यन्वयन अधिकृत तथा सुचना अधिकारी महेश्वर अर्यालले जानकारी दिए । गत आर्थिक वर्षमा १३१ थान मुद्दा जिम्मेवारी सरेर आएकाे थियाे भने यस वर्ष उक्त संख्या घटेर १०९ थानमा सीमित भएकाे छ ।
त्यसैगरी चालु आर्थिक वर्षमा १२४ थान निवेदन फर्छयौट गर्ने लक्ष्य लिएकाेमा १४६ थान निवेदन फर्छयौट गरेर ११७.८% उपलब्धि हासिल गर्न सफल भएकाे सुचना अधिकारी अर्यालले बताए । जसमा गत वर्ष ८१ थान निवेदन जिम्मेवारी सरेर आएकाेमा यस वर्ष ३८ थान निवेदन मात्र जिम्मेवारी सरेर आएकाे छ ।
जिल्ला अदालत रामेछापकाका जिल्ला न्यायाधीश राजेन्द्र नेपालले अदालतले समयमै मुद्दा फैसला गर्ने कार्यलाई दिएको बताए । लामो समयसम्म न्यायका लागि प्रतीक्षा गर्नु नपर्ने गरि अदालतले काम गरिरहेकाे बताए ।यसरी समयमै न्याय निरुपण हुदा न्यायलय प्रति नागरिककाे विस्वास बढ्ने र फैसला कार्यन्वयनमा समेत सहयाेग पुग्ने न्यायाधीश नेपालले भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ सर्वसाधारणलाई अदालती प्रक्रियाबारे जानकारी दिदै जिल्ला न्यायाधीश राजेन्द्र नेपाल
- २ एमाले रामेछापले कात्तिक २९ मा जिल्ला स्तरिय प्रदर्शन गर्ने,
- ३ सामाजिक सेवामा तल्लिन डा.सैयद शुक्रबार रामेछाप आउदै
- ४ जेनजी आन्दोलनका घाइतेहरुलाई परिचयपत्र पत्र प्रदान गरिने
- ५ राति १० बजेपछि देउसी खेल्न नपाइने
- ६ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ७ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ८ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक















प्रतिक्रिया दिनुहोस